डेलावरमा बाइडेनको सम्बोधन, धैर्य रहन आग्रह
प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार
अमेरिकी राष्ट्रपतिका उम्मेदबार जो बाइडेनले मध्यरातपछि डेलावरमा सम्बोधन गरेका छन् । १ बज्न केही मिनेट बाँकी रहँदा सम्बोधन गर्दै उनले धेरै रहन आग्रह गरेका छन् ।
आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले यो लामो समय लाग्ने कुरा आफूलाई थाहा भएको बताएका छन् । बाइडेनले अत्यन्तै छोटो सम्बोधन गरेका थिए ।
अहिलेसम्मको मतपरिणाम अनुशार बाइडेनका पक्षमा २३७ र ट्रम्पका पक्षमा २१० इलेक्टोरल मत प्राप्त भएको छ । अब सबैको ध्यान विककन्सिन, मिसिगन, पेन्सिलभेनिया र नर्थ क्यारोलिनामा केन्द्रीत रहेको छ ।
यी सबै राज्यहरुमा डोनाल्ड ट्रम्पले अग्रता कायम गरिरहेका छन् । मुख्य ब्याटलग्राउण्ड राज्यहरु पेन्सिलभेनिया र नर्थ क्यारोलिनामा बाइडेनको मुख्य आशा देखिन्छ । मिसिगन मोन्टाना र नेभाडाको मत परिणाम आउन पनि केही समय लाग्ने देखिएको छ ।