अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको ओक्लाहोमामा दुर्घटनामा निधन
प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार
अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकी सेनामा विगत ३ बर्षदेखि कार्यरत गोरखाको शहीदलखन गाउँपालिका( ८ छापथोकका श्रेष्ठको ओक्लाहोमामा मृत्यु भएको हो ।
उनी चढेको २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को गाडीमा ठोक्किएको थियो । उनले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको जनाइएको छ । टाउको र शरीर भित्र गम्भीर चोट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको जनाइएको छ ।
दुर्घटनापछि पनि श्रेष्ठ झण्डै २५ मिनेटसम्म गाडीभित्रै रहेका थिए । दुर्घटना हिजो विहान भएको जनाइएको छ । उनी अमेरिकाको कन्सासको जङसन सिटीमा मा बस्दै आएका थिए ।
श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका आएका थिए । उनी सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएको जनाइएको छ । अविवाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन्।