लमजुङमा पाँच जना निर्विरोध निर्वाचित


प्रकाशित मिति : बैशाख २३, २०७४ शनिबार

स्थानीय तह निर्वाचनका क्रममा लमजुङमा थप दुई जना निर्विरोध भएका छन् ।

यससँगै जिल्लाका स्थानीय तहमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एमाले)का तर्फबाट मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा कृष्णकुमारी गुरुङ महिला सदस्यमा निर्विरोध हुनुभएको छ । सोही पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएकी मनकाशी अतिरिक्त हुलाक कार्यालय भुलभुलेमा कार्यरत कर्मचारी भएको उजुरी परेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा एमालेबाटै महिला सदस्य डिलकुमारी थापा निर्विरोध हुनुभएको छ । नेपाली काँग्रेसबाट सोही पदमा उम्मेदवारी दिनुभएकी मैतमाया गुरुङले उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध बन्नुभएको हो ।

एमालेका तर्फबाट क्होँलासोँथर गाउँपालिका–४ भुजुङमा दलित महिला सदस्य जालु दमै, सोही वडामा एमालेबाटै उम्मेदवारी दिनुभएका एक खुला सदस्य पित्रमान गुरुङ र दूधपोखरी गाउँपालिका–४ इलमपोखरीमा नेकपा(माओवादी केन्द्र)बाट दलित महिला सदस्यमा सुनिता विक निर्विरोध भइसक्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com