अमेरिकामा अब बालबालिकाहरुका लागि अनलाइनबाटै निशुल्क नेपाली भाषाकक्षा
प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार
अमेरिकामा बालबालिकाहरुका लागि अनलाइनबाटै नेपाली भाषाकक्षा सुरुवात गरिएको छ । ग्लोबल भुटनिज लिटेरेरी अर्गनाइजेनशले अनलाइन भाषा कक्षाको सुरुवात गरेको हो । हरेक आइतबार विहान भाषाकक्षा संचालन हुने भएको छ ।
भर्चुअल कार्यक्रम भाषाकक्षाको उद्घाटन गरिएको हो । कार्यक्रम ग्लोबल भुटनिज लिटेरेरी अर्गनाइजेनशका अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन्द्र परदेशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने देवी राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा थुप्रै समाजसेवी तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । वरिष्ठ साहित्यकार गोबिन्द गिरि प्रेरणा , डाक्टर भिम खतिवडा , शिक्षाविद हेमन्त लामा, वरिष्ठ साहित्यकार डाक्टर मधु माधुर्य श्रेष्ठ लगायत अन्य अतिथिले नेपाली भाषा प्रतिको मोह र आवश्यकताबारे बोल्नुभयो ।
नयाँ पुस्तालाई वैज्ञानिक तरिकाले शिक्षा दिन सके मात्र फलदायी हुने कुरा कार्यक्रममा वक्ताहरुले बताउनुभयो । नेपाली कक्षाका लागि आवश्यक सामाग्रीको पनि जोहो भइसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा यदु अधिकारी र लक्की राशीले सृजना वाचन गर्नु भएको थियोे । कार्यक्रमको अन्तिम प्रहरमा बालबालिकाहरुले केहि मौलिक गीत तथा भजन गाएका थिए । आइतबार देखि कक्षा सञ्चालन हुने र अभिभावकहरुलाई बालबालिकाहरुका लागि फारम भरिदिन संस्थाका अध्यक्ष कर्ण गुरुङले अनुरोध गर्नुभयो ।
भाषाकक्षामा सहभागी हुनका लागि https://zoom.us/j/99474309438 (Meeting ID: 994 7430 9438) मार्फत हरेक आइतबार न्युयोर्क समय अनुशार विहान ११ बजे सहभागिता जनाउन सकिनेछ ।
(तस्वीरमा टेक्सासमा नेपाली भाषा सिक्दै नेपाली मूलकी बालिका सनसाइन थापा ।समाचार नयाँ जुम आईडीसहित अपडेट गरिएको छ । )