क्यालिफोर्नियामा दुर्ब्यबहारमा परेका नेपाली उबर चालकका लागि ६० हजार डलर संकलन
प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार
क्यालिफोर्नियामा दुर्ब्यबहारमा परेका नेपाली उबर चालक शोभाकर खड्काका लागि गोफण्डमीमा ४० हजार डलर संकलन भएको छ । गोफण्डमीमा कायन बेनिस्टरका तर्फबाट सुरु गरिएको अभियानमा यो समाचार तयार पार्दासम्म ४१ हजार २ सय २१ डलर संकलन भएको छ भने कायन बेनिस्टरले त्यसमा २० हजार डलर म्याच गर्ने घोषणा गरेका छन् ।
अहिलेसम्म १९५५ जना दाताहरुले सहयोग गरेका छन् भने सबैभन्दा धेरै एउटा दाताले एकहजार डलरसम्म सहयोग गरेका छन् । चालक खड्काको कानूनी सहायता र जीवनयापनका लागि सहयोग संकलन गरिएको हो ।
क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि आइतबार एकजना युवतीले पेपर स्प्रे गर्ने, मास्क च्यात्ने, अपशब्द बोल्ने र दुब्र्यहबार गरेकी थिइन् । ती युवतीलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
उबरले नेपाली चालकमाथि भएको यो आक्रमण भयावह भएको बताउँदै दुर्ब्यर्बहार गर्ने यात्रुको एकाउन्ट खारेज गरिदिएको थियो । उबरले क्षतिपूर्ति वापत चालक खड्कालाई १२० डलर दिएको थियो । ती युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन् । तर लगत्तै लिफ्टले पनि ती युवतीमाथि प्रतिबन्ध लगाएको छ ।
घटना लिफ्टसँग सम्बन्धित नरहेको भएतापनि चालकमाथि भएको दुब्र्यबहार अस्वीकार भएको लिफ्टले जनाएको छ । त्यसैकारण ती युवतीलाई लिफ्टमा स्थायीरुपमा नै प्रतिबन्ध लगाइएको लिफ्टले स्पष्ट पारेको छ । महामारीका बेलामा गाडी चलाउनु सहज नभएको बताउँदै लिफ्टले मास्क लगाउन र एकअर्कालाई सम्मान गर्न आग्रह गरेको छ ।
ती युवतीलाई मास्क लगाउन आग्रह गर्दा उनी र उनको समुहले आइतबार नेपाली उबर चालक खड्कामाथि खोक्नुका साथै मास्क च्यात्ने, फोन खोस्ने, पिरो स्प्रे छर्कने तथा अपशब्द बोल्ने लगायतका दुब्र्यबहार गरेका थिए ।
खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गाली गलौज समेत गरेको स्थानीय संचारमाध्यमलाई बताएका छन् । ३२ बर्षका खड्कामाथि आइतबार दिउसो सिल्भर एभिन्यु र सान ब्रुनो एभिन्युमा दिउसो पौने १ बजे यस्तो दुब्र्यबहार भएको थियो ।
नेपाली उबर चालकमाथि क्यालिफोर्नियामा मास्क नलगाएका यात्रुबाट पेपर स्प्रे र दुर्ब्यबहार
गाडीमा चढेकी ती महिलाले मास्क लगाउन अस्वीकार गरेपछि आफूले गाडी रोकेको तथा मास्क किन्नका लागि ग्यास स्टेशनति गाडी लैजाने क्रममा ती महिलाले दुब्यबहार सुरु गरेको खडेकाले बताएका छन् । भिडियोमा गाडीमा चढेकी महिलाले खड्कामाथि खोकेको देख्न सकिन्छ ।
ती महिलाले हातबाट फोन खोस्नुका साथै चालकको मास्क समेत च्यातेको भिडियोमा देखिएको छ । गाडीमा चढेका अन्य महिलाले चालकमाथि अपशब्द बोल्नुका साथै दुब्र्यबहार गरेको भिडियोमा देखिएको छ ।