अमेरिकामा क्वीन्स र क्लासिक डायमण्डबाट तीन नेपालीलाई सुन उपहार


प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार

नेपाली नयाँ बर्षको अवशरमा अमेरिकामा रहेको क्लासिक डायमण्ड एण्ड ज्वेलरी तथा न्युयोर्कमा रहेको क्वीन्स डायमण्ड एण्ड ज्वेलरीले तीन नेपालीलाई सुन उपहार दिने भएको छ । लक्की ड्रबाट तीजना विजेता छनौट गरिएको हो ।

पहिलो उपहार क्यालिफोर्नियाकी माया शेर्पालाई १ आउन्स ९९ दशमलव ९ प्रतिशत शुद्ध सुनको बार प्रदान गरिने भएको छ भने दोश्रो उपहारका रुपमा न्युयोर्कका सोनाम छोडोनलाई आधा आउन्स शुद्ध सुनको गहना प्रदान गरिनेछ । त्यस्तै तेश्रो उपहार टेक्सासकी सोनु उपाध्यायलाई एकतिहाई आउन्स ९९ सुनको गहना प्रदान गरिनेछ ।

३० बैशाख अर्थात् १३ मे सम्म साइनअप गर्ने अवधि तोकिएको थियो भने ३१ बैशाख अर्थात् १४ मे मा लक्की ड्रबाट विजेताको घोषणा गरिएको हो । एउटा परिवारको तर्फबाट एउटामात्र इन्ट्री गर्न सकिने प्रावधान रहेको थियो । अमेरिकाभित्रको इन्ट्रीलाईमात्र स्वीकार गरिएको थियो ।

कम्प्युटर प्रणालीबाट अटोमेटिक रुपमा लक्की ड्रमार्फत छनौट गरेर विजेताको घोषणा गरिएको जनाइएको छ । विजेताले उपहार दावी गर्नका लागि आफ्नो परिचयपत्र पेश गर्नुपर्नेछ । उपहार नगदका रुपमा भने प्रदान नगरिने जनाइएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com