विदेशमा जन्मेका बच्चा अब अमेरिकन बुबाआमामध्ये एकसँग आनुवंशिकता मिले जन्मजात नागरिक


प्रकाशित मिति : जेष्ठ ४, २०७८ मंगलबार

अमेरिकी सरकारको विदेशमन्त्रालयले अमेरिकी बुबाआमाबाट विदेशमा जन्मेका बच्चाहरुको अमेरिकी नागरिकताको अधिकार सन्दर्भमा पुनब्र्याख्या गरेको छ । अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनका अन्य मापदण्डहरु पूरा गरेको खण्डमा अब अमेरिकन बुबाआमामध्ये एकजनाकोमात्र डीएनए मिलेको खण्डमा पनि विदेशमो जन्मेको बच्चा अमेरिकाको जन्मजात नागरिक हुनेछ ।

विगतमा गरिएको व्याख्यामा विदेशमा जन्मेको कुनै पनि बच्चा स्वत अमेरिकाको जन्मजात नागरिक हुनका लागि अमेरिकी नागरिकरहेका बुबाआमासँग आनुवंशिकता मिल्नुपर्ने प्रावधान रहेको थियो । जस अनुशार बुबा र आमा दुबैको आनुवंशिकता परीक्षण गर्नुपर्ने आवश्यकता समेत हुनसक्थ्यो । तर अबको व्याख्याले अमेरिकन नागरिक रहेका बुबा वा आमामध्ये एकजनाको आनुवंशिकता परीक्षण गरे पुग्ने भएको छ ।

विदेशमा बच्चा जन्मिएको बेलामा विदेशमा रहेका बुबाआमा एकअर्कासँग विवाहित भने हुनुपर्नेछ । अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन ३०१ ले अमेरिकाको जन्मजात नागरिक हुनका लागि केही प्रावधानहरु तय गरेको छ । नयाँ व्याख्याले अहिलेको आधुनिक परिवारहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

अविवाहितहरुका सन्दर्भमा जन्मिएका बच्चाहरुको नागरिकताबारेको प्रावधान भने परिवर्तन गरिएको छैन । यसैबीच नागरिकताका सन्दर्भमा हुनसक्ने जालसाजी वा दुरुपयोगका सन्दर्भमा पनि आफूहरु सचेत रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com