ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन
प्रकाशित मिति : जेष्ठ १८, २०७४ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ ।
डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एक पटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रुप लिएको हो ।
क्यालिफोर्नियामा भएको प्रविधि सम्मेलनमा डेमोक्रेटिक नेता क्लिन्टनले भन्नुभयो, रसियाली सरकारले उनीहरु कतैबाट निर्देशित नबन्दासम्म त्यो सचूनालाई कसरी अस्त्रका रुपमा अमेरिकासँग प्रयोग गर्ने भन्ने विषयमा थाहा हुने थिएन ।
Crooked Hillary Clinton now blames everybody but herself, refuses to say she was a terrible candidate. Hits Facebook & even Dems & DNC.
— Donald J. Trump (@realDonaldTrump) June 1, 2017
क्लिन्टनले यसो भनिरहँदा आफ्नो निर्वाचन अभियानका समय प्रयोग भएका इमेल ह्याक भएका विषयमा ट्रम्पको संलग्नता रहेको दोषारोपण गर्नुभएको थियो ।
त्यसैगरी राष्ट्रपति ट्रम्पले जवाफमा ‘धुर्त’ हिलारी क्लिन्टनले अब सबैलाई दोष लगाइसकेपछि आफैलाई पनि दोष लगाउनु हुनेछ तर आफूलाई ‘भयानक’ उम्मेदवार भन्न अस्वीकार गर्नुहुनेछ । उहाँले फेसबुक, डेम्स र डीएसी माथि पनि आक्रमण गर्नु हुनेछ ।
People in covfefe houses shouldn't throw covfefe. https://t.co/M7oK5Z6qwF
— Hillary Clinton (@HillaryClinton) June 1, 2017
क्लिन्टनले फेसबुकमा फैलिएका झुटा समाचार माथि पनि आंशिक दोषारोपण लगाएको बताउनुभएको छ ।