एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन: अमेरिका


प्रकाशित मिति : भाद्र २३, २०७८ बुधबार

अमेरिकाले नेपालको संविधान मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताभन्दा माथि रहेको जनाएको छ । नेपाल सरकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाल संविधान नै माथि रहेको जवाफ फर्काएकी हुन् ।

नेपाल भ्रमणको पूर्व सन्ध्यामा नेपाल सरकारलाई पठाएको पत्रमा नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि रहेको जवाफ अमेरिकाले पठाएको हो । एमसिसीसँगको सम्झौताबारे राजनीतिक र जनस्तरमा उठेका प्रश्नबारे स्पष्ट गर्न सरकारले एमसिसी मुख्यालयलाई पत्राचार गरेको थियो ।

एमसिसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नु रहेको एमसिसीले बताएको छ । पाँच वर्षको समयसीमा भित्रै परियोजना सम्पन्न गर्न सर्त आवश्यक रहेको भन्दै एमसिसीले अनुदान रकमको दुरुपयोग नभए रकम फिर्ता गर्नु नपर्ने स्पष्ट पारेको छ ।

जवाफको पूर्ण पाठ अँग्रेजी र नेपालीमा ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com