नेपाल र नेपालीको सम्मानमा क्यानडाको ओन्टारियो संसद भवनमा फहराइयो नेपालको झण्डा


प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार

नेपाल र नेपालीको सम्मानमा संविधान दिवसको अवशर पारेर क्यानडाको ओन्टारियो संसद भवनमा नेपालको झण्डा फहराइएको छ ।

एनआरएन क्यानडाको आयोजनामा र प्रान्तीय संसदका प्रवक्ता टेड आर्नोट, प्रान्तीय संसदका सदस्यहरु दिपक आनन्द, भुतिला कार्पोचे, टोरन्टोका महावाणिज्यदूत डाक्टर कुन्जर शर्मा, राजदूत भृगु ढुंगाना, एनआरएनए क्यानडा अध्यक्ष दीपक गौतम लगायतको पहलमा झण्डा फहराइएको त्यहाँबाट विजय पौडेलले जानकारी दिए ।

क्यानडाको प्रान्त ओन्टारियोको एकसदनीय संसद भवनको दक्षिणी भागमा रहेको पोलमा नेपालको झण्डा फहराइएको हो ।

यो भवन टोरन्टोको क्वीन्स पार्कमा अवस्थीत रहेको छ । अहिले ओन्टारियो प्रान्तमा सन् २०१८ मा निर्वाचित ४२ औं संसद रहेको छ भने संसदका प्रवक्ता टेड अर्नोट रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com