काबुलमा मस्जिदलाई निशाना बनाएर बिष्फोट, कैयन सर्वसाधारणको मृत्यु
प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार
आइतबार केन्द्रीय काबुलमा रहेको एउटा मस्जिद प्रवेशद्वारमा भएको बिष्फोटमा कैयन सर्वसाधारणको मृत्यु भएको छ । मस्जिदलाई लक्ष्य गरिएको विष्फोट गराइएको जनाइएको छ ।
A number of people were killed and wounded in a blast in Kabul that targeted mourning ceremony for mother of a Taliban spokesman, Zabihullah Mujahid, in front of the famous Eidgah mosque, on Sunday. #kabulattack
— Habib Khan (@HabibKhanT) October 3, 2021
बिष्फोटमा प्रवेशद्वारनेर जम्मा भएको भींडमा कैयन सर्वसाधारणको मृत्यु भएको तालिवानले जनाएको छ । इदगाह मस्जिदमा मस्जिदमा तालिवान प्रवक्ता जाबिहुल्लाह मुजाहिदकी आमाका लागि श्रद्धाञ्जली कार्यक्रम गरिदै थियो ।
घटनास्थलमा आपतकालिन सेवाहरु परिचालन गरिएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । आक्रमणमा कतिजनाको मृत्यु भयो भन्नेबारे पनि केही बताइएको छैन ।