घुम्नैपर्ने उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल विश्वमै आठौं स्थानमा, प्राकृतिक सौन्दर्यदेखि पदमार्गसम्म


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

लोन्ली प्लानेटको सन् २०२२ मा घुम्नै पर्ने पर्यटकीय गन्तब्यको सुचीसहितको पुस्तक बजारमा आएको छ । जसमा नेपाललाई सन् २०२२ मा घुम्नै पर्ने पर्यटकीय गन्तब्यमा सुचीकृत गरिएको छ। यो बर्ष लोन्ली प्लानेटले टपटेन देश, क्षेत्र र शहरलाई टपटेनमा राखेको छ । टपटेन देशको सुचीमा नेपाल आठौं नम्बरमा छ ।

फोटो: मणिक श्रेष्ठ

नेपालको नाम आउनासाथ सगरमाथाको नाम जोडिने भएपनि नेपालमा सगरमाथा नचढ्नेहरुका लागि पनि घुम्नका लागि धेरै स्थान रहेको भन्दै नेपाललाई उत्कृष्ट गन्तव्यमा राखिएको छ । मुस्ताङमा पर्यटकहरुले उच्च मरुभूमिको आनन्द लिनसक्ने र होमस्टेमा रमाउन सक्ने भन्दै सीएनएनले नेपालको बारेमा व्याख्या गरेको छ ।

नेपालको मनाङ। फोटो ओरेन योम्टोभ

उत्कृष्ट दशभित्रको सूचीमा पहिलो नम्बरमा कुक आइल्याण्ड परेको छ। दोश्रो नम्बरमा नर्वे, तेश्रोमा मौरिसस, चौथोमा बेलिज परेका छन्। पाँचौ नम्बरमा स्लोभेनिया, छैठौंमा एङगुइला, सातौमा ओमान, आठौमा नेपाल, नवौंमा मालावी र दशौंमा इजिप्ट परेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com