रुसी राष्ट्रपति पुटिन र अमेरिकन सीआईए निर्देशकबीच फोनवार्ता, साइबर सुरक्षाबारे छलफल


प्रकाशित मिति : कार्तिक २२, २०७८ सोमबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले  जानकारी दिएका छन् ।

सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा परेको सङ्कटको स्थिति र क्षेत्रीय द्वन्द्वका बारेमा विचार आदानप्रदान गरेको पेस्कोभलाई उद्धृत गर्दै मिडियाले बताएका छन् । पेस्कोभले पुटिन र बर्न्सले साइबर सुरक्षाका मुद्दाहरूलाई पनि सम्बोधन गरेको बताएका छन् ।

सीआईए निर्देशक विलियम बर्न्स

बर्न्सले रुसी राजधानीको आफ्नो भ्रमणका क्रममा मङ्गलबार मस्कोमा रुसी विदेशी गुप्तचर सेवाका निर्देशक सर्गेई नारिस्किनसँग भेट गरेको बताइएको छ । मङ्गलबार पनि, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले मस्कोमा बर्न्ससँग “रूसी–अमेरिकी सम्बन्धमा छलफल“ गर्न वार्ता गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com