युरोप हिडेका ७५ आप्रवासीको समुद्रमा डुबेर मृत्यु, एकबर्षमा भूमध्यसागरमा ज्यान गुमाउने १३ सय बढी
प्रकाशित मिति : मंसिर ५, २०७८ आईतबार
आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुशार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीहरू युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेका छन् ।
लिबियाबाट प्रस्थान गरेपछि बुधबार ७५ भन्दा बढी आप्रवासी समुद्रमा डुबेका छन् भने जीवित १५ जनालाई माछा मार्ने व्यक्तिहरूले समुद्रमा डुबेर उद्दार गरेका छन् । आईओएमका अनुशार यो पछिल्लो त्रासदीले यस वर्ष मध्य भूमध्यसागरमा ज्यान गुमाउनेको संख्या १,३०० भन्दा बढी पुगेको छ ।
लिबियाले २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतन पछि असुरक्षा र अराजकताको सामना गरिरहेको छ। जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक रोजाइको बिन्दु पनि बनाएको छ।