अन्तर्राष्ट्रिय ड्राइभर लाइसेन्स नेपालमा रुपान्तरण गर्न रोक, अमेरिकी लाइसेन्स हुनेलाई यस्तो थियो व्यवस्था


प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार

नेपालको यातायात व्यवस्था विभागले अन्तर्राष्ट्रिय चालक अनुमतिपत्रलाई नेपाली चालक अनुमतिपत्रमा रुपान्तरण गर्न रोकेका छ । अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र हुनेहरुले नेपालको चालक अनुमतिपत्र लिनका लागि नियमित प्रकृयाबाटै अगाडि बढ्नुपर्ने प्रावधान रहेको छ । अमेरिकन नागरिकहरुले सिधै यातायात व्यवस्था विभागको फोन नम्बर ०१ ४४७४९२१ वा ०१ ५१९३१७३ मा फोन सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नेछन् ।

यस अगाडि अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउनु परेमा नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्ने प्रावधान रहेपनि त्यसका लागि लिखित र प्रयोगात्मक परीक्षाहरू छुट दिइएको थियो । अर्थात् लिखित र प्रयोगतात्मक परीक्षा विना नै नेपाली लाइसेन्स प्राप्त गर्नसक्ने प्रावधान थियो ।

नेपाली कानुन अनुसार नेपालभित्र सवारी साधन चलाउन अमेरिका वा संसारका जुनसुकै देशका नागरिकले पनि नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्छ । अमेरिकी ड्राइभिङ लाइसेन्स शपथपत्र र आफ्नो प्रादेशिक वा अन्तर्राष्ट्रिय लाइसेन्स पेश गरेपछि नेपालको यातायात व्यवस्था विभागले त्यसको आधारमा नेपाली ड्राइभिङ लाइसेन्स प्रदान गर्दै आएको थियो ।

अमेरिकी ड्राइभिङ लाइसेन्स शपथपत्र आवश्यक परेमा अमेरिकी दूतावासमा अप्वाइन्टमेन्ट लिन सकिन्छ । अप्वाइन्टमेन्टका लागि यहाँ क्लिक गर्नुहोला । अपोइन्टमेन्टका बेला ५० डलर शुल्क तिरी आफ्नो ड्राइभिङ लाइसेन्स देखाउनुहोला ।

नोटरी गरिएको शपथपत्र लिई आफ्नो ड्राइभिङ लाइसेन्ससमेत एकान्तकुना ललितपुर, चावहिल काठमाडौं, जगाती भक्तपुर वा स्वयम्भू ठूलो भर्‍याङ काठमाडौं स्थित यातायात व्यवस्था कार्यालयमा गएपछि आँखाको जाँच गरेपछि लिखित र प्रयोगात्मक परीक्षा विना नै नेपालको लाइसेन्स प्रदान गरिदै आएको थियो । उक्त लाइसेन्सका आधारमा नेपालमा गाडी चलाउन सकिने अवस्था थियो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com