अमेरिकामा पनि मनाइदै ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार
अमेरिकामा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ । प्रवासी नेपाली एकता समाज पानसको आयोजनामा विगतका बर्षहरुमा जस्तै यो बर्षपनि पृथ्वी जयन्ती मनाउन लागेको हो ।
जनवरी १२ बुधबार न्युयोर्क समय अनुशार बेलुका ९ बजे भर्चुअल रुपमा कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा बोल्नका लागि नेपाल र अमेरिकामा रहेका विशिष्ट व्यक्तित्वहरुलाई निमन्त्रणा पठाइएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागी हुनका लागि यो लिंकमा क्लीक गर्नुहोला ।
विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।
शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन माग हुँदै आएको छ । तर सरकारीस्तरमा भने बिदाको घोषणा गरिएको छैन । केही स्थानीय तहहरुले भने बिदा दिएका छन् ।