उबरले साना व्यवसायलाई १ मिलियन डलरको सहायता गर्ने, यसरी दिनुहोस् आवेदन


प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार

उबर र भिसाले साना व्यवसायलाई १ मिलियन डलरको सहायता उपलब्ध गराउनका लागि सहकार्य गरेका छन् । हाल उबर इटमा सकृय रहेका १० वटा अमेरिकन सिटीका रेष्टुरेण्टहरुलाई यस्तो सहायता उपलब्ध गराइने भएको छ ।

यो कार्यक्रम लोकल इनिसियटिभ सपोर्ट कर्पोरेशन एलआईएससीमार्फत संचालन गरिनेछ । शिकागो, लस एन्जलस, वासिंटन डिसी, मायामी, डेट्रोइट, न्युयोर्क सिटी मेट्रो, न्युजर्सी, सान फ्रान्सिस्को बे एरिया र बोस्टन क्षेत्रमा रहेका रेष्टुरेण्टहरुले यो सहायताका लागि आवेदन दिनसक्ने जनाइएको छ ।

एलआईएससीले उबरको निर्देशिकामा आधारित रहेर स्वतन्त्र रुपमा सहायता प्राप्त गर्ने व्यवसायहरुको छनौट गर्नेछ । भेट्रान, अल्पसंख्यक समुदाय, महिला र लैंगिक अल्पसंख्यकहरुलाई प्राथमिकता दिइने जनाइएको छ । जनवरी १, २०२२ भन्दा अगाडिदेखि उबर इटमा रहेका रेष्टुरेण्टहरुले यो सहायताका लागि आवेदन दिन सक्नेछन् ।

१० हजार डलरसम्मको सहायता प्रदान गरिने र यो रकम पेरोल, भेण्डरको ऋण तिर्न, पेमेन्ट प्रविधिको विस्तार लगायतका क्षेत्रमा खर्च गर्न सकिने जनाइएको छ । केही व्यवसायहरुले अन्य प्रकारको सहायता समेत प्राप्त गर्नेछन् । यो सहायताका लागि जनवरी १७ देखि २४ भित्र आवेदन दिनुपर्नेछ ।

आवेदन दिनका लागि यो लिंकमा क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com