न्युयोर्कमा हुनेले यसरी निशुल्क फाइल गर्नुहोस् राज्य र आईआरएसको ट्याक्स
प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार
७३ हजारभन्दा कम बार्षिक आम्दानी हुनेहरुका लागि निशुल्क ट्याक्स फाइलको व्यवस्थाबारे त थाहा पाउनु भएकै होला । तर यसरी ट्याक्स फाइल गर्दा ट्याक्स फाइल गर्ने प्लेटफर्मको सही छनौट गर्नुपर्छ । अन्यथा राज्यमा छुट्टै ट्याक्स फाइल गर्नुपर्ने वा आईआरएसमा ट्याक्स फाइल गर्दा राज्यको ट्याक्स फाइल गर्न छुट्ने खतरा पनि हुनसक्छ ।
यदि तपाई न्युयोर्क राज्यमा हुनुहुन्छ भने तपाईले ४ वटा प्लेटफर्मबाट राज्य र आईआरएसमा एकैपटक निशुल्क करफाइल गर्न सक्नुहुनेछ । निशुल्क करफाइल गर्दा तपाईले सशुल्क करफाइलका लागि लाग्ने रकम बचाउन सक्नुहुनेछ । कर फाइलका लागि लाग्ने औषत रकम न्युयोर्कमा २५० डलरदेखि ३ सय डलरसम्म रहेको छ ।
त्यस्तै ट्याक्स एक्टबाट निशुल्क फाइल गर्नका लागि ५६ बर्षभन्दा कम उमेरको र ६५ हजार भन्दा कम आम्दानी भएको हुनुपर्छ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।
४१ हजारभन्दा कम आम्दानी हुनेहरुले फ्रीट्याक्स युएससएमार्फत निशुल्क फाइल गर्न सक्नुहुनेछ ।
३९ हजारभन्दा कम आम्दानी हुनेहरुले ट्याक्स स्लेयरमार्फत निशुल्क फाइल गर्न सक्नुहुनेछ ।
गतबर्ष तपाईले निशुल्क फाइल गरेको सफ्टवेयर यो बर्ष सुचिकृत छैन भने पनि तपाईले माथि उल्लेखित प्लेफर्मबाट ट्याक्स फाइल गर्न सक्नुहुनेछ ।
अनलाइनबाट ट्याक्स फाइल गर्नु अगाडि तपाईले न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ ट्याक्सेसन एण्ड फाइनान्समा आफ्नो अनलाइन एकाउन्ट बनाउन सक्नुहुनेछ । तपाईले सबै संचारहरु अनलाइनमा नै प्राप्त गर्न सक्नुहुनेछ ।
अब तपाईले माथि उल्लेखित कुनै प्लेटफर्मबाट निशुल्क ट्याक्स फाइल गर्दा सन् २०२१ मा गरेको सबै आम्दानीकाृे विवरण राख्नुहोला । यदि बेरोजगारी विमा रकम लिनुभएको थियो भने बेरोजगारी विमाको वेवसाइटमा गएर १०९९ जी डाउनलोड गर्नुहोला । तपाईले प्राप्त गरेका डब्लु टु र अन्य १०९९ फर्महरु पनि साथमा राख्नुहोला । ट्याक्स फाइल गर्दा रिफण्डका लागि डाइरेक्ट डिपोजिटको विकल्पसहित आफ्नो बैंक एकाउन्ट दिनुहोला । यसो गर्दा तपाईले छिटो रिफण्ड प्राप्त गर्नुहुनेछ ।
ट्याक्स फाइल गरिसकेपछि तपाईले अनलाइनमा आफ्नो रिफण्ड स्टाटस हेर्न सक्नुहुनेछ । रिफण्ड स्टाटस हेर्न यहाँ क्लीक गर्नुहोला ।
आईआरएसबाट प्राप्त हुने रिफण्डको स्टाटस हेर्न यहाँ क्लीक गर्नुहोला ।
यदि तपाईले रिफण्ड प्राप्त गर्नुहुनेछैन तर तपाईले ट्याक्स तिर्नुपर्ने छ भने न्युयोर्क सिटीको वेवसाइटमा गएर आफ्नो अनलाइन एकाउन्टमार्फत रकम तिर्न सक्नुहुनेछ । आईआरएसको रकम छुट्टै तिर्नुपर्छ ।
यदि तपाई न्युयोर्कबाहिर बस्नुहुन्छ ? कुन प्लेटफर्मबाट राज्य र संघीय कर निशुल्क फाइल गर्ने भन्नेबारे अन्यौलमा हुनुहुन्छ ?
आईआरएसको निशुल्क कार्यक्रम अन्तरगत ट्याक्स फाइल गर्दा व्यक्तिको जानकारी कुनै पनि अनाधिकृत पहुँचबाट सुरक्षित गरिएको आईआरएसले जनाएको छ । कम्पनीहरूले फाइल गर्नेको जानकारी ट्याक्स रिटर्नको तयारी बाहेक अन्य उद्देश्यका लागि खुलासा वा प्रयोग गर्न नसक्ने तथा यी कम्पनीहरू फेडरल ट्रेड कमिशनको प्राइभेसी र सेफगार्ड्स नियम अन्तरगत तथा आईआरएसको ईफाइल नियमको अधीनमा छन्।