अमेरिकामा आफ्नो मृत्युपछि सन्तानलाई घर दिन ‘इच्छापत्र’को साटो ‘ट्रस्ट’ लोकप्रिय र सहज


प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार

white and brown wooden house near green trees during daytime

अमेरिकामा आफ्नो मृत्युपछि सन्तानका नाममा घर प्रदान गर्नका लागि इच्छापत्रको साटो लिभिङ ट्रस्ट लोकप्रिय रहेको छ । इच्छापत्रमा सन्तानको नाम उल्लेख गर्दा प्रोबेट कोर्टमार्फत जाने झन्झट हुने तथा समय र रकमपनि खर्च हुने भएकाले लिभिङ ट्रस्टको विधि लोकप्रिय रहेको हो ।

त्यस्तै लिभिङ ट्रस्टको तरिका अपनाउँदा इच्छापत्रको माध्यमबाट घर प्राप्त गर्दा लाग्ने विभिन्न करबाट समेत मुक्ति हुने भएकाले धेरैले लिभिङ ट्रस्टको विधि अपनाउन थालेका छन् । लिभिङ ट्रस्ट बनाएर उत्तराधिकारीमा आफ्ना सन्तानको नाम राखेको खण्डमा आफ्नो मृत्युपछि परिवारले रकम, सम्पत्ति र घर केही दिन वा सातामा नै सहजै प्राप्त गर्न सक्छन् ।

इच्छापत्रमा नाम राख्दा अदालती प्रकृयाबाट जानुपर्ने भएकाले परिवारले घर सम्पत्ति प्राप्त गर्न महिनौं र कहिलेकाँही बर्षौं समेत लाग्नसक्छ । यो अवधिमा परिवारको धेरै रकम र समय खर्च हुने सम्भावना रहन्छ । ट्रस्टको माध्यमबाट जाँदा उत्तराधिकारीलाई निजी सेटिङमा सहजै हस्तान्तरण गर्न सकिन्छ ।

घरलाई ट्रस्टमा राख्दा आफू अशक्त वा बोल्न नसक्ने भएको अवस्थामा पनि उत्तराधिकारीहरुले सम्पत्तिको व्यवस्थापन गर्न जिम्मेबार हुन्छन् । घरलाई ट्रस्टमा राखेर आफ्नो सम्पत्ति आफू अशक्त भएको बेलामा समेत हेरचाह हुने गरेको सुनिश्चितता गर्न सकिन्छ ।

लिभिङ ट्रस्ट बनाइसकेपछि तपाई बसोबास गर्ने वा अनुदान दिने व्यक्तिको दर्जामा हुनुहुनेछ । राज्य अनुशार यस्तो दर्जा फरक फरक हुन्छ । ट्रस्ट बनाइसकेपछि तपाईले आफूलाई ट्रस्टीका रुपमा राख्न सक्नुहुनेछ । लिभिङ ट्रस्टभित्र राखिएको सम्पत्ति र रकमको संचालन गर्ने अधिकार ट्रस्टीमा हुन्छ । आफूलाई ट्रस्टीका रुपमा तपाईलाई अहिले घरमा जुन अधिकार प्राप्त छन्, त्यही अधिकार प्राप्त हुनेछन् । अर्थात् तपाईले चाहेको बेला घर बेच्न पनि सक्नुहुनेछ ।

तपाईले लाभार्थीको नाम लिभिङ ट्रस्टमा राख्नुहुनेछ । जसमा तपाईको दम्पत्ति, छोराछोरी वा नातिनातिनी हुनसक्छन् । तपाईले त्यसपछि उत्तराधिकारीको नाम राख्नुहुनेछ । उत्तराधिकारी त्यो हुनेछ, जो तपाईको मृत्युपछि घरको मालिक हुनेछ । तपाईको मृत्यु पछि अन्य लाभार्थीहरुलाई सम्पत्ति वितरणका लागि पनि उत्तराधिकारी नै जिम्मेबार हुनेछ ।

यदि ट्रस्टको साटो इच्छापत्रमा नाम उल्लेख गरेर प्रोबेट कानूनी प्रकृयाबाट जानु परेको खण्डमा घर सम्पत्तिको कम्तीमा १० प्रतिशत रकम यही प्रकृयामा खर्च हुने कानून व्यवसायीहरुको अनुभव छ । प्रोबेट प्रकृया लामो र सार्वजनिक हुने भएकाले यो प्रकृयाबाट जाँदा सम्पत्तिको सबै कुराहरु सार्वजनिक हुने कानून व्यवसायीहरु बताउँछन् ।

तर याद गर्नुहोस्, ट्रस्टको प्रकृया सहज भएपनि कागजपत्र भने व्यवस्थीत गर्नुपर्छ । घरको स्वामित्व कानूनी रुपमा ट्रस्टीका रुपमा आफूमा हस्तान्तरण भएको सुनिश्चित गर्नुपर्छ । आफै ट्रस्टी र अनुदानकर्ता भएको अवस्थामा तपाईले छुट्टै आयकरको रेकर्ड राख्नु पर्दैन । तपाईको व्यक्तिगत ट्याक्स रिटर्नमा नै यसको रिपोर्ट गरिनेछ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com