न्युजर्सीमा साना व्यवसायले ५० हजार डलरसम्मको सहायता प्राप्त गर्न आवेदन सुरु


प्रकाशित मिति : फाल्गुन १, २०७८ आईतबार

न्युजर्सीमा ५० हजार डलरसम्मको सहायता प्राप्त गर्न आवेदन सुरु भएको छ । न्युजर्सीको आर्थिक सहायता प्राधिकरणले साना व्यवसायका लागि नयाँ चरणको सहायता कार्यक्रम सुरु गरेको हो ।

१५ मिलियन डलरको यो सहायता कार्यक्रम अन्तरगत योग्य व्यवसायहरुले ५ हजारदेखि ५० हजार डलसम्मको सहायता प्राप्त गर्न सक्नेछन् । पहिले नै पूरा भएको परियोजनाका लागि क्षतिपूर्ति रकम समेत साना व्यवसायहरुले प्राप्त गर्नसक्नेछन् । यो कार्यक्रमका लागि योग्य हुन व्यवसायले स्थानको मापदण्ड पूरा गरेको हुनुपर्छ ।

कार्यक्रमबारे थप जानकारी र आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला ।

समग्र परियोजना मूल्यको ५० प्रतिशतसम्म रकम प्राप्त गर्न सकिनेछ अर्थात् १ लाख डलरसम्मको परियोजनामा बढीमा ५० हजार डलरसम्म पाउन सकिनेछ । परियोजनाको लागत कम्तीमा ५ हजार डलर हुनुपर्नेछ । साना व्यवसाय र गैर नाफामुलक व्यवसायले पनि आवेदन दिनसक्ने जनाइएको छ ।

२५ हजारभन्दा तलको सहायताका लागि परियोजना २ बर्षभित्र पूरा गर्नुपर्छ भने त्योभन्दा माथिको सहायताका लागि ४ बर्षभित्र पूरा गर्नुपर्छ ।

आवेदन कसरी दिने भन्नेबारे तरिका यहाँ हेर्न सक्नुहुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com