राहत चेकका लागि योग्य नभएकालाई न्युजर्सीले २ हजार डलर दिने, डेडलाइन फेब्रुअरीभित्र


प्रकाशित मिति : फाल्गुन ५, २०७८ बिहीबार

न्युजर्सी राज्यमा सरकारी राहत चेकका लागि योग्य नभएकालाई न्युजर्सी सरकारका तर्फबाट प्रतिव्यक्ति २ हजार डलर उपलब्ध रहेको छ । एकपटकमात्र प्राप्त गर्नसकिने उक्त रकम एक्सक्लुडेड न्युजर्सीयन फण्ड अन्तरगतको रकम हो ।

न्युजर्सीका गर्भनरले सरकारी राहत चेकका लागि योग्य नभएका परिवारका लागि ४० मिलियन डलर छुट्याएका थिए । खासगरी कागजपत्रविहिनहरुका लागि यो रकम उपयोगी हुनेछ । न्युजर्सीमा मात्र झण्डै ४ लाख ६० हजार कागजपत्रविहिनहरुले सरकारी आर्थिक सहायता गरेका थिएनन् । जसमध्ये कैयन अत्यावश्यक कामदारहरु समेत रहेका थिए ।

न्युजर्सी सरकारको राहत कार्यक्रम अन्तरगत हरेक व्यक्तिले २ हजार डलर पाउनेछन् भने एउटा परिवारले ४ हजार डलरसम्म पाउनेछ । आवेदनका लागि डेडलाइन थप गरिएको छ भने फेब्रुअरीको २८ सम्ममात्र आवेदन दिन सकिनेछ । अहिले आवेदन स्वीकार भइरहेको छ । तर रकम सकिएको खण्डमा आवेदन लिन बन्द हुनसक्ने भएकाले छिटो आवेदन दिन सुझाव दिइएको छ ।

आवेदनका लागि चाहिने आवश्यक कागजातबारे जान्न यहाँ क्लीक गर्नुहोला ।

संघीय राहत चेक र महामारी बेरोजगारी सहायता प्राप्त नगरेकाहरु यसका लागि आवेदन दिन योग्य रहेका छन् । आवेदन न्युजर्सीको बासिन्दा हुनुपर्नेछ भने १८ बर्ष वा सोभन्दा माथिको उमेरको हुनुपर्नेछ । परिवारको बार्षिक आम्दानी ५५ हजार डलरभन्दा कम हुनुपर्छ ।

मोबाइल फोन वा कम्प्युटरबाट आवेदन दिन सकिन्छ । आवेदन दिन २० देखि ३० मिनेटसम्म लाग्छ । आवेदनमा आवश्यक कागजात अपलोड गर्न आवश्यक हुन्छ । आवेदन अनलाइनबाट पेश गरिसकेपछि इमेल वा टेक्स्ट मेसेजमा त्यसको अवस्थाबारे जानकारी दिइनेछ । पहिले प्राप्त भएको आवेदनको प्राथमिकताका आधारमा पहिले रकम प्रदान गरिनेछ ।

आवेदन स्वीकार भएको खण्डमा कसरी रकम प्राप्त गर्ने भन्ने सन्दर्भको सन्देश प्राप्त हुनेछ । आवेदन स्वीकृत भएको २ देखि ३ सातामा यो रकम पठाइनेछ ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला ।

याद गर्नुहोस् यति तपाईले बेरोजगारी विमा रकम वा राहत चेक पाउनुभएको थियो भने यो रकमका लागि योग्य हुनुहुनेछैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com