अमेरिकाको शिकागोमा ३ बर्षको बच्चाका हातमा बन्दुक, दुर्घटनावश गोली चलाउँदा आमाको मृत्यु


प्रकाशित मिति : चैत्र १, २०७८ मंगलबार

अमेरिकाको शिकागोमा तीन बर्षको बालकले दुर्घटनावश बन्दुक चलाउँदा बच्चाकी आमाको मृत्यु भएको छ । शिकागोको डोल्टनमा पार्किङ लटमा रहेको गाडीभित्र बालकले अन्जानमा गोली चलाएका हुन् ।

बालककी आमालाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । बालकले बन्दुक भेट्टाएर पड्काउँदा उक्त कारमा परिवारमा सदस्यहरु रहेका थिए ।

बालकका बाबुलाई प्रहरीले हिराशतमा लिएको छ । बन्दुकको स्वामित्व बालकका बाबुसँग रहेको र बालकको हातसम्म बन्दुक पुग्ने अवस्था आएकोमा बाबुलाई प्रहरीले हिराशतमा लिएको हो ।

गोली लागेर ज्यान गुमाएकी महिला २२ बर्षकी डेजा बेनेट रहेको जनाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अमेरिकामा यो बर्षमात्र बालबालिकाहरुका हातमा बन्दुक पुग्दा अन्जानमा र दुर्घटनावश गोली चलेका ४३ वटा घटना भएका छन् । जसमा १६ जनाको मृत्यु एको छ भने २९ जना घाइते भएका छन् ।

गतबर्ष बालबालिकाका हातमा बन्दुक पुग्दा अन्जानमा दुर्घटनावश अमेरिकाभर ३७९ वटा घटना भएका थिए । जसमा १५४ जनाको मृत्यु भएको थियो भने २४४ जना घाइते भएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com