‘यस्तो पो तीज !’
प्रकाशित मिति : भाद्र १५, २०७३ बुधबार
अमेरिकाको भर्जिनियामा तीज महोत्सव सम्पन्न भएको छ । नेपालीहरुको बाक्लो उपस्थीति रहेको महोत्सवमा प्रमुख अतिथिका रुपमा पूर्व प्रधान न्यायाधीश एबम मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सपरिवार पुग्नुभएको थियो ।
रेग्मीले महोत्सवको रौनकता हेर्दै आफूलाई अमेरिका होइन नेपालमै भएको अनुभव भएको बताउनुभयो । अमेरिका निवासी कलाकार रामप्रसाद खनालको पहलमा ९ बर्षदेखि अमेरिकामा तीज महोत्सव हुँदै आएको छ ।
कार्यक्रममा लोक गायक एवं महाबाणिज्यदुत प्रेमराजा महतले महोत्सवको रौनकले आफू हर्षित भएको बताउनुभयो । अमेरिका आएर धेरै कार्यक्रममा सहभागी भएपनि यस्तो भब्य एवं सभ्य कार्यक्रम पहिलोपटक देखेको बताउनुभयो ।
नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले बिगत ९ बर्ष देखी अमेरिकामा गर्दै आइरहेको तीज महोत्सब यस पटक झनै भब्य र सभ्य रुपमा सम्पन्न भएको हो । यस पटक सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी र अमेरिका नेपाल टेलिभिजन समेत कार्यक्रमका आयोजक थिए ।
अप्रतियोगी र प्रतियोगी सबै खाले कार्यक्रम समेटिएको महोत्सवका आयोजक मध्येका एक अमेरिका नेपाल टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठ, महोत्सब आयोजक समितिका सदस्य सचिव एवं अनेसास डिसीका उपाध्यक्ष भुप नारायण घर्तिमगर, सचिव परशु तिमल्सिनाले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता गरिरहेकी संयोजक मन्जु सँग्रौलाले आफु तीज महोत्सबबाट अत्यन्त उत्साहित भएको भन्दै सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रमका बारेमा प्रकाश पार्दै आयोजक, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले सन २००७ देखी आफु अमेरिका बस्दै आएको र सोही बर्ष देखी अमेरिकामा तीजलाई महोत्सबका रुपमा मनाउन लागिएको बताउनुभयो । नेपाली राजदुताबास अमेरिकाको तर्फबाट प्रतिनिधित्व गरेकी निता श्रेष्ठले अमेरिकामा यस्तो भब्यता सहित तीज मनाइने कुरा आफूले कल्पना नगरेको बताउनुभयो ।
सो अवशरमा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन गरिएको थियो भने रेग्मीले अग्रज लोक गायक प्रेमराजा महत र अग्रज संगीतकार शम्भुजीत बास्कोटालाई लाइफ अचिवमेन्ट अवार्ड सहित अन्तरराष्ट्रिय कलाकार मञ्च र आयोजक अन्य संस्थाका तर्फबाट अभिनन्दन गर्नुभयो । यसैगरी टेलिभिजन स्टार रोशन प्रताप, चलचित्र नायक किरण प्रताप केसी, नायिकाहरु सारंगा श्रेष्ठ, अनुपमा प्रसाइ, नृत्य निर्देशक कोरियो ग्राफर नबिन केसी, नृत्य क्षेत्रकी हस्ती लुना श्रेष्ठलाई पनि अभिनन्दन गरिएको थियो ।
चलचित्र क्षेत्रका धेरै नायक नायिकाका नृत्य निर्देशक, कोरियो ग्राफर नबिन केसी, लोकप्रिय नायिकाहरु सारंगा श्रेष्ठ र अनुपमा प्रसाई, नृत्य क्षेत्रकी हस्ती लुना श्रेष्ठले तीज नाच प्रस्तुत गर्नुभएको थियो । उहाँहरुकै निर्णायक टिमले सबै प्रतियोगीताका विजयी घोषणा गरेपछि आयोजकबाट विजयीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
शनिबार दिउँसो १२ बजे शुरु भएको कार्यक्रम साँझ ७ बजे सम्म चलेको थियो । कार्यक्रम पछि तीज महोत्सबमा सहभागी प्रभा देउजाले भन्नुभयो – ‘यस्तो पो तीज !’
नेपालमदर डटकमबाट