अमेरिकाको बाल्टिमोरमा रहेको नेपालीको संस्था बानाको निर्वाचनः एक समिक्षा
प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार
– बसन्त घिमिरे
अमेरिकाको मेरिल्याण्डको बाल्टिमोरमा रहेको नेपालीहरुको सबै भन्दा ठुलो सामाजिक संस्था बाना (Baltimore Association of Nepalese in America) को २०२२–२५ कार्यकालका लागि भर्खरै निवार्चन सकिएको छ । करिब तेइस सय सदस्यता रहेको बानाको निर्वाचनमा चौध सय बाइस जनाले निर्वाचन प्रकियामा प्रत्यक्ष सहभागिता जनाएका थिए । नेपालमा विभिन्न संघ सस्थामा तथा सरकारको विभिन्न तहको निर्वाचनमा सहभागि भएको मेरा लागी अमेरिकामा हुन गैरहेको नेपालीहरुको संस्थाको निर्वाचनको अनुभव भने पहिलो थियो । करिब दुई महिनाको रस्साकस्सि पछि सम्पन्न भएको बानाको निर्वाचन प्रकियालाई नजिकबाट नियाल्ने मौका पाएकाले मेरा लागी यो महत्वपूर्ण सिकाइ थियो । विषेश गरी सानै देखि सुन्दै आएको बसाईसराई पछि मानिसको सोचाई वा चालचलनका परिवर्तन आउछन् भन्ने बुझेकाले यो नै मेरो पहिलो चाखको विषय थियो । यसै कुरालाई मध्यनजर गर्दै बाना निर्वाचन सँग प्रत्यक्ष सरोकार राखेका विभिन्न क्षेत्रहरुलाई म आफ्नो बुझाई अनुसार समिक्षा गर्ने चेष्टा गरेको छु ।
सामाजिक सञ्जालको प्रयोग
बानाको निर्वाचनका सवै भन्दा प्रयोग भएको थलो हो सामाजिक सञ्जाल । बानाले सदस्यताका लागि आव्हान गर्ने देखि निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले भोट माग्ने माध्यम बनेको थियो सामाजिक सञ्जाल। बानाको निर्वाचनमा प्यानलै बनाएर लागेका दुई समुहले पनि यसको प्रयोग अधिकतम गरेका थिए । विषेश गरि उम्मेदवार चिनाउन, आफ्ना प्रतिवद्धताहरु मतदाता समक्ष पुर्याउन र मतदातालाई रिझाउनका निमित्त यसको प्रयोग भएको थियो । यसका अलवा मतदालताले पनि आफुनो रोजाइमा परेको उम्मेदवार वा समुहको समर्थन गर्नका लागि पनि सामाजिक सञ्जाल प्रयोग गरेका थिए । बानाको भर्खरै सम्पन्न निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग माथि उल्लेख गरे जस्तै सकारात्मक मात्र भने थिएन ।
सामाजिक सञ्जालमा एउटा खबरदारी गर्ने र अर्को नकारात्मक भ्रम छर्ने समुहको पनि बाक्लै उपस्थिती देखियो । खबरवादारी गर्नेहरु बानाको चल्तीमा रहेको काम गर्ने संस्कार प्रति रुष्ट देखिन्थे जसका लागी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु पर्ने उनिहरुको प्रमुख विषय थियो । जुन सकारात्मक थियो । अर्को तर्फ पद नपाएका रिस व्यक्त गर्ने र जुनसुकै कुराहरुमा नकारात्मक टिप्पणी गर्नेहरुको पोख्त समुह थियो । उनिहरु मिलेर बसेको नेपाली समाज, भाइचारा, संस्कारको कुनै पर्वाह गर्दैन थिए उनिहरुको प्रमुख जोड छ लाई छैन, हो लाई होइन बनाउने मात्र थियो । कतिपय त व्यक्तिगत गालि गलौजमा पनी उत्रिएका थिए ।
सारमा बाना निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग सकारात्मक र नकारात्मक दुवै भए । तर नकारात्मक टिप्पडी गर्नेहरु नेपाली समाजलाई भित्र भित्रै खोक्रो बनाउन लागि परेको स्पष्ट देखिएकाले यो तर्फ सबैकोे गम्भिर ध्यानाकर्षण हुनु पर्ने देखेको छु ।
उम्मेदवारहरुको प्यानल
बाना निर्वाचनमा दुई समुह निर्वाचनमा सहभागि भएका थिए । सुवोध विलास पन्त समुह र हिरा गुरुङ समुह । अध्यक्ष पदमा उम्मेदवारी दिएका दुवै जना वर्तमान कार्यसमितीमा एक अध्यक्ष र अर्का वरिष्ठ उपाध्यक्ष थिए । तर यी दुई बिच आगामी कार्याकालका लागि पदको वाडफाड नमिलेका कारण दुवै जना आ आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । तर उनिहरुको पदको लोभ मात्र प्रमुख काराण भने थिएन । नेपालमा जस्तै संस्था बाहिर बसेर संस्था भित्र आफ्नो हैकम चलाउन चाहनेहरु यसका प्रमुख कारण थिए । दुवै प्यानल निर्माण गर्ने देखि निर्वाचन हुने दिन सम्म उनिहरु सलवलाएको स्पष्ट देखिन्थ्यो । एक समुहलाई आज सम्म समाजमा रहेको आफ्नो वर्चस्व आफ्नो फेवरको समुह नआए गुम्ने डर थियो । उता अर्को समुहलाई जसरी पनि बानामा आफ्नौ हैकम जमाउने प्रमुख धेय थियो । दुवै समहुमा यसरी व्यत्तिगत वा समुहगत स्वार्थका कारण बानालाई निर्वाचमा लैजादा मिलेर बसेको नेपाली समाजलाई नकारात्मक असर पर्ने तिर रत्तिभर चिन्दा देखिएन ।
यति भन्दै गर्दा संस्थामा कुनै व्यत्तिले समाजसेवाका निमित्त आफ्नो प्रत्यक्ष उपस्थिती आवश्यक ठानेर निर्वाचनमा जानु गलत चाहि थिएन । दुवै समुहले समाजमा एउटा छुटै पहिचान बनाई सकेका व्यत्तिहरुलाई उम्मेदवारको रुपमा ल्याएकाले पनि निर्वाचनबाट आउने परिणाम बानाका लागी उपलब्धि मुलक हुने कुरामा कुनै संका भने थिएन । यसका साथै निर्वाचन एक प्रजातान्त्रीक प्रकिया भएकाले समाजमा रहेका रुष्ठ समुहलाई बानामा साकारत्मक सहभागि गराउन उपयुक्त माध्यम पनि थियो ।
सारंशमा यति सानो नेपाली समुदाएमा आपसी समझदारीमा नेतृत्व चयन गर्ने सकिने कयौं सम्भावनाहुदा हुदै पनि दुई समुहमा विभाजन भएर जानु समाजको भविष्यका निमित्त सुखत लक्षण होइन । तर दुवै समुहबाट बानाको २०२२ –२५ कार्यकालका लागी निर्वाचित भएकाले भविष्यमा यो समस्या समाधान हुन सक्ने आश भने गर्न सकिन्छ ।
उम्मेदवारहरुको अस्पष्टता
बानाको निर्वाचनमा देखिएको अर्का समस्या भनेको उम्मेदवारहरुको अध्ययन गर्ने क्षमता । उम्मेदवारहरुले बानाको विधान, निर्वाचन समितीले बनाएको पोर्टोकलहरु समेत अध्ययन नगरेको पाइयो । जसको असर उनिहरुले निर्वाचनका समयमा भएका विभिन्न कार्यक्रम उनिहरुले गर्ने प्रश्न र उनिहरुले दिने जवाफले देखिन्थ्यो । सामाजिक सञ्जालमा समेत बानाको विधान, निवार्चन पोर्टोकल नपढी आफुखुसी यसका बारेमा लेख्ने गरेका थिए । जसले गर्दा मतादाहरुमा झन् भ्रम छरेको थियो । यसले उनिहरुको व्यक्तिगत क्षमता तथा बानालाइ कसरी नेतृत्व गर्लान् भन्ने संका उत्पन्न गरेको छ ।
विभिन्न नेपाली समाजको गलत प्रयोग
बानाको निर्वाचनमा मैले देखेको सवैभन्दा दुःख लाग्दो कुरा विभिन्न जिल्ला, क्षेत्र वा जात जातिको सहयोगका लागि गठन भएका समुह वा समाजको बाना निर्वाचनमा कुनै उम्मेदवार वा समुहका सर्मथन गर्नका लागी गरिएको प्रयोग थियो । उनिहरुको गठन प्रकिया के को लागी भएको हो, समुहको उदेश्य के हो भन्ने ख्याल नगरी समुह भित्र नेतृत्व गर्नेहरुले दिएको दवाव छरपस्ट भएको थियो । यसले सम्बन्धि समाजलाई मात्र नभएर नेपालीहरुको सानो समुदायएमा खटपट ल्याउन प्रमुख भुमिका खेलेको थियो । तसर्थ यसरी समुहगत रुपमा कसैलाई समर्थन गर्न भनेर ह्वीप जारि गर्नुे जस्ता डरलाग्दो संस्कारको विकास नेपाली समाजको भविष्यका निम्ती निकै दुख लाग्दो विषय हो ।
सञ्चारमाध्यमको न्यून उपस्थीती
बाल्टीमोरमा नेपाली समुदायलाई लक्षित गरेर खोलिएका कयौ सञ्चारमाध्यमहरु छन् । केहि सञ्चालमाध्यमको छिठपुट उपस्थीति देखिए पनि उल्लेख्य रुपमा उनिहरुको उपस्थिती भने पाइएन । विषेश गरी समाजलाई एकतावद्ध गर्ने, बानाको आगामी निर्वाचनको औचित्य, बाना भैरहेका सकारात्मक वा नकारात्मक कुराहरुका बारेमा मतदातालाई जानकारी दिने, वा बानाको आगामी कार्यकालमा कस्ता व्यक्तीहरु आवयश्क छन् जस्ता सामाग्रीहरु प्रसस्तै पढ्न पाइने आश मैले गरेको थिए । एक दुई पटक उम्मेदवारहरु सँगको अन्तर्वाता बाहेक खासै आफ्नो उपस्थिती देखाएका थिएनन् । केहि मिडियाहरु त नकारात्मक समाचार मात्र सम्प्रेशण गरिरहेका थिए ।
यसका अलावा उम्मेदवारहरुले आफ्नो उम्मेवदारी किन, किन बानालाई प्रतिनित्व गर्न चाहन्छन् भन्ने जस्ता मतदातालाई सुसुचित गर्ने कुनै पनि लेख, रचना वा सामाग्रीहरु प्रकाशित गरिएको थिएन । २१ औ शताब्दिको मेरुदण्डको रुपमा रहेको सञ्चालर माध्यमलाई महत्व नदिनुले उम्मेदवारहरुको व्यक्तिगत क्षमता संका गर्न सकिने एउटा ठाउँ छाडेका छन् ।
दोधारे मतदाता
निर्वाचनका दौरान मैले देखेको सबैभन्दा ठुलो समस्या मतदातालाई बानाको बारेमा थाहा नहुनु पनि हो । नेपालीहरु स्वतस्फूर्त रुपमा बानाको सदस्य बनेर निर्वाचनमा भाग लिएका उम्मेदवारको दवाब वा उनिहरुकै लगानीमा सदस्यता लिने कुरा लुकाएर लुक्ने कुरा हैन । जसको प्रभाव अहिलेको चुनावमा पनि स्पष्ट देखिएको थियो । म आफैले निर्वाचका विभिन्न चरणमा प्रत्यक्ष सहभागिता जनाएकाले पनि यो अनुभव गर्ने मौका पाएको थिए । मतदानका लागी लाम लागेका कयौ मतदाातालाई त उम्मेवदवारको बारेमा जानकारी नै थिएन । त्यस्ता मतदाताले बानाको आगामी कार्यकालका कुन उम्मेदवार सहि भनेर कसरी छनौट गरे होलान् ७तिस यसको दोषि मतदातामात्र होइनन् । निर्वााचन प्रकियामा कस्ता सदस्यलाई सहभागि गराउने भनेर बानाले एकपटक साच्न पर्ने देखिन्छ । जसलाई बानाको बारेमा कुनै चासो छैन त्यस्ता व्यत्तिहरुलाई बानाको नेतृत्व छनोट गर्न दिनु संस्थाको भविष्यको लागी राम्रो हैन । तसर्थ आगामी साधारणसभामा यस विषयमा गम्भिर छलफल हुनु पर्ने देखिन्छ ।
सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुको स्वार्थगत सहभागिता
बानाको निर्वाचनमा देखिएको अर्काे फरक दृष्य थियो सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुको समुहगत उपस्थीती । बाल्टीमोरमा मात्र नभएर अमेरिका देखि नेपाल सम्म सार्वजनिक परिचय बनाइसकेका व्यक्तिहरु कुनै एक समुहलाई काध थापेर हिडेको स्पष्ट देखन्थ्यिो । यसरी उनिहरुको आफुले कमाएको ब्यक्तिगत मानसम्मानको प्रवाह नगरी एउटा समुहमा लाग्नु उनिहरुका लागी मात्र नभएर नेपाली समाजकै लागी राम्रो सन्देश थिएन । यसले उनिहरु नेपाली समाजलाई कस्तो बनाउन चाहन्छन् ७तिस नेपाली समाजबाट के चाहन्छन् ७तिस यसमा उनिहरुको व्यक्तिगत स्वास्र्थ के छ ७तिस जस्ता प्रश्न गर्न सकिने थुप्रै ठाउहरु छाडेका छन् ।
निर्वाचन समिती
बानाको निर्वाचनमा सबैभन्दा सफल कोहि भयो भने त्यो हो बाना निर्वाचनका लागी गठन भएको निर्वाचन समिती । बानाको निवार्चनका लागी समिती गठन भए देखि नर्वाचन सम्पन्न गर्दा सम्म उहाँहरुको सक्रियाता निकै तारिफ योग्य दियो । मतदाताको सँख्याको हिवावले निकै सानो संख्यामा रहेका निर्वाचन समितीले गरेको चुस्त व्यवस्थापन उदाहरणिय थियो । निर्वाचनको दौरान निर्वाचन समितीलाई ब्यक्तिगत तथा समहुगत रुपमा विभिन्न आच्छेपहरु लगाउने कोशिस भयो । त्यस्ता व्यक्ति वा समुहलाई स्पष्ट पार्ने देखि लिएर समय व्यवस्थापनका कुराहरुमा पनि निर्वाचन समिती सत प्रतिशद सफल देखियो ।
मैले यो निर्वाचन समिक्षामा कसैको व्यक्तिगत रुपमा समर्थन वा विरोध गर्ने सोच बनाएको थिए तर निर्वाचन समितीका अध्यक्षको कुशल नेतृत्वको भने खुलेरै प्रशंशा गर्न चाहन्छु । उहाँको जिम्मेवारी प्रतिको लगाव र अभिभावकिय भुमिका म र जस्ता युवाहरुका लागी सिकाइ पनि थियो ।
र अन्त्यमा निर्वाचनमा विजयी सम्पूर्ण व्यक्तिहरुलाई शुभकामनाका साथै सफल कार्यकालको कामना गर्दछु । साथै निर्वाचनमा पराजित हुनु भएको सबैलाई बाना प्रति तपाइहरुको लगाव सधै यस्तै रहोस् शुभकामना । समाजमा हुने हरेक क्रियाकलप भविष्यका लागी सिकाइ हो । तसर्थ भर्खरैे सम्पन्न बानाको निर्वाचनले पनि अमेरिकामा रहेका नेपालीहरुलाई अझ वढी मिलेर अगाडी पढ्न सहयोग गर्नेछ भन्ने आशा गरौ ।
हाल: मेरिल्याण्ड