अमेरिकामा एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्ने कोरोनाकालिन नियम हटाउदै बाइडेन प्रशासन
प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार
बाइडेन प्रशासनले आप्रवासीहरूलाई एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने महामारी सम्बन्धी नियमलाई चरणबद्ध रुपमा हटाउन सुरु गरेको घोषणा गरेको छ । यद्यपी २२ वटा राज्यले कोरोनाकालिन उक्त नियमलाई कायमै राख्न अदालतमा मुद्दा दायर गरेका छन् ।
अमेरिकामा शरण खोज्न पाउने नियम अन्तरगत अधिकारीहरुले पछिल्ला साताहरुमा ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोर लगायतका देशबाट आउने एकल बयस्कहरुलाई एसाइलमको प्रकृयामा लगेका छन् । महामारी सम्बन्धित एसाइलम सम्बन्धि नियम मे २३ मा समाप्त हुन लागेको छ ।
लुजियाना, एरिजोना र मिजौरीले भने कोरोनाकालिन नियम कायम राख्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । ती राज्यहरुलाई अरु १८ वटा राज्यहरुले साथ दिएका हुन् । उनीहरुले कोरोनाकालिन नियमको अन्त्य गर्नु अपरिपक्वता हुने भएकाले त्यसलाई रोक्न न्यायाधिसमक्ष माग गरेका छन् ।
गतसातामात्र ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोरबाट सिमाक्षेत्रमा आएका १४ प्रतिशतलाई एसाइलमको प्रकृयामा लगिएको छ । मार्चमा यो दर जम्मा ५ प्रतिशतमात्र रहेको थियो । खासगरी कोरोनाकालिन नियम ती देशहरुप्रति लक्ष्यीत रहेको थियो । किनभने मेक्सिकोले उनीहरुलाई फिर्ता लिन सहमति जनाएको थियो ।
यसैबीच टेक्सासले कोरोनाकालिन प्रतिबन्धहरु कायम राख्न माग गर्दै छुट्टै मुद्दा दायर गरेको छ । यो नियम तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा मार्च २०२० मा लागु गरिएको थियो ।