सावधान, अमेरिकामा बैंक र बेरोजगारी विमाबाट भन्दै ठगहरुले एसएमएस पठाउलान् !


प्रकाशित मिति : बैशाख १८, २०७९ आईतबार

अमेरिकामा अहिले बैंक, बेरोजगारी विमा वा अन्य कुनै संस्थाबाट भन्दै ठगहरुले मोबाइलमा एसएमएस पठाउन थालेका छन् । उनीहरुले मोबाइलमा विभिन्न नम्बरबाट एसएमएस पठाएर तपाईलाई विभिन्न लिंकहरु क्लीक गर्न लगाउन सक्छन् ।

यस्ता मेसेसहरु पाएको खण्डमा लिंकमा क्लीक नगर्नुहोला ।

त्यस्ता ठगहरुबाट सावधान हुनुहोला । अन्यथा तपाईको व्यक्तिगत विवरण चोरी हुने र दुरुपयोग हुने खतरा रहन्छ । बेरोजगारी विमाको रकम होल्डमा रहेको भन्दै लिंक दिएर त्यसमा क्लीक गर्न लगाउने एसएमएस आएमा सावधान हुनुहोला ।

लेबर डिपार्टमेन्टका नाममा आउने यस्ता मेसेजहरु पनि ठगहरुले पठाएका हुन् ।

यसरी दिइएको लिंकमा फरक वेवसाइटको लिंक दिइएको हुन्छ । अन्त्यमा डट गभ भएको लिंकबाहेक अन्य लिंकहरु सरकारसँग असम्बन्धित लिंकहरु भएकाले त्यस्ता लिंकमा क्लीक गर्दा सावधानी अपनाउनुहोला ।

यसरी आएका मेसेज आधिकारिक हो होइन शंका लागेमा सम्बन्धित बैंकमा पनि खबर गर्न वा बुझ्न सक्नुहुनेछ ।

त्यस्तै बैंकबाट भन्दै ठगहरुले कार्डमा समस्या भएको वा बैंक एकाउन्टमा समस्या भएको जस्ता विवरण लेखेर लिंकसहित एसएमएस पठाउने गरेका छन् । त्यसरी प्राप्त लिंकमा पनि क्लीक नगर्नुहोला । नत्र ठगिनसक्ने सम्भावना रहन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com