थबाङमा पूर्वलडाकु कमान्डर माओवादी केन्द्रका ऋषिकेशव विजयी, विप्लवका स्वतन्त्र उम्मेदबार पराजित


प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार

रोल्पाको थबाङमा पुनः माओवादी केन्द्रले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर र उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढामगर विजयी भएका छन् ।

अध्यक्षमा ऋषिकेशवले २ हजार १ सय २२ मत ल्याएका छन् भने उपाध्यक्ष शर्मिलाले पनि २ हजार १ सय २२ मत ल्याएर विजयी भएकी हुन् ।

निर्वाचनमा भाग लिन माओवादी केन्द्रका उम्मेदवारविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, एमाले र कांग्रेसबीच गठबन्धन बनाइएको थियो । ७ हजार १ सय ७० मतदाता रहेकोमा थबाङमा ४ हजार १ सय ३८ जनाले अर्थात् ५७ दशमलब ७१ प्रतिशत मतदान भएको थियो ।

अघिल्लो पटकको निर्वाचनमा माओवादी केन्द्रकै वीरबहादुर घर्तीमगर र रामकिरणी रोकामगर अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । नवनिर्वाचित अध्यक्ष ऋषिकेशव माओवादी केन्द्रका पूर्वलडाकु कमान्डरसमेत हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com