२० हजार डलरभन्दा पनि तल झर्यो बिटक्वाइन


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

बिटक्वाइन शनिबार २० हजार डलरभन्दा पनि तल झरेको छ । बिटक्वाइनटको गिरावट जारी रहेकै बेला शनिबार तीनमहिनाकै सबैभन्दा कम भएको हो । यो वर्ष बिटक्वाइनमा ६० प्रतिशतसम्म गिरावट आएको छ ।

गतबर्षको नोभेम्बरमा ६८ हजार डलर नाघेको बिटक्वाइनमा त्यसपछि गिरावट आउने क्रम जारी छ । विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध क्रिप्टोकरेन्सी बिटक्वाइन शनिबार १९ हजार ९ सय ४६ डलरमा झरेको थियो । जुन अघिल्लो दिनको तुलनमा २ सय ९८ डलर कम हो ।

मार्च २८ मा ४८ हजार २ सय ३४ डलर पुगेको बिटक्वाइनमा त्यसपछि ५८ दशमलव ७ प्रतिशत गिरावट आएको छ । इथरियम ब्लकचेन नेटवर्कसँग जोडिएको ईथर पनि यस बीचमा २ दशमलव ७६ प्रतिशत घटेर १४ सय ६७ डलरमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४१ डलर ६० सेन्टसले कमी हो ।

बिटक्वाइनको पहिलो ठूलो उछाल सन् २०१० को समरमा भएको हो । सन् २०१० को अक्टोबरमा यसको मूल्य लगभग १० सेन्टस पुगेको थियो । बिटक्वाइन अप्रिल २०११ मा १ डलरभन्दा माथि पुगेको थियो । त्यसपछिको तीनमहिनामा ३२ डलरसम्म पुगेको थियो ।

सन् २०१३ को अप्रिलमा बिटक्वाइनको मूल्य १ सय डलर पुगेको थियो भने नोभेम्बरमा १ हजार डलरसम्म पुगेको थियो । सन् २०१७ मा बिटक्वाइन १ हजार नाघेको थियो । मेमा २ हजार डलर पुगेको बिटक्वाइन डिसेम्बरमा १९ हजार डलर पुगेको थियो । सन् २०१७ देखि २०१९ सम्म बिटक्वाइनमा धेरै उतारचढाव भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com