आईफोन १४ मा रहेको ‘फोनको नेटवर्क नभएको स्थानमा स्याटेलाइटबाट संचार सुविधा’ के हो ?


प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार

आईफोन १४ मा फोनको नेटवर्क नभएको स्थानमा स्याटेलाइटबाट संचार सुविधा उपलब्ध गराउने विशेष सुविधा ल्याइएको छ । फोनको टावर नटिप्ने स्थानमा गएको बखत कुनै समस्या परेमा स्याटेलाइट मार्फत आपतकालीन एसओएस सुविधा जीवन रक्षक हुनसक्ने अपेक्षा गरिएको छ ।

यो सुविधा लागि आईफोन १४ लाई आकाशमा रहेको स्याटेलाइट तिर देखाउनुपर्नेछ । स्याटेलाइटसँगको सम्पर्कमा आएपछि प्रयोगकर्ताहरूले फोनको नेटवर्कले काम नगरेको अवस्थामा समेत आपतकालीन मद्दत प्राप्त गर्नका लागि जानकारी पठाउन र प्राप्त गर्न सक्नेछन्।

लामो समयदेखि चर्चामा आइरहेको स्याटेलाइट कनेक्टिभिटी सुविधाका लागि आईफोन १४ मा स्थलीय टावरको नजिक नहुँदा स्याटेलाइटसँग सम्पर्क हुनेगरी विशिष्ट प्रविधि डिजाइन र निर्माण गरिएको छ। आकाश सफा भएको अवस्थामा १५ सेकेन्ड भित्र सन्देश पठाउन सकिनेछ ।

सन्देशहरूलाई कन्डेन्स गर्न छोटो टेक्स्ट कम्प्रेसन मेकानिजम बनाइएको छ । आकाश सफा छैन र केही अवरोधहरु भएको खण्डमा सन्देश पठाउन केही मिनेट लाग्न सक्नेछ । यो सुविधा अन्तरगत स्थानीय सेवा प्रदायकहरूलाई मद्दतको लागि फोन गर्नका लागि समेत सतर्क गराइनेछ ।

एप्पलले बुधबार जसमा ६ दशमलव १ इन्चको स्क्रिन भएको नयाँ आईफोन १४ , ठूलो ६ दशमलव ७ इन्चको स्क्रिनसहितको आईफोन १४ प्लस र  आईफोन १४ प्रो सार्वजनिक गरेको हो । नयाँ आईफोनहरूमा लामो समय ब्याट्री टिक्नेछ भने सिरेमिक शिल्ड स्मार्टफोन ग्लास समावेश छ ।

आईफोन १४ र १४ प्लस पाँच रंगहरूमा आउनेछ । आईफोन १४ प्रो चार रंगहरूमा आउनेछ । यसमा अगाडि एउटा ट्रु डेप्थ क्यामेरा छ भने एप्पलले डाइनामिक आइल्याण्ड भनिरहेको नयाँ सुविधा समावेश गरेको छ । यो सुविधा आइफोनको अगाडिको स्क्रिनको शीर्षमा एउटा विजेट जस्तै हुनेछ, जहाँ फोनमा अरु नै काम गरिरहेको बेलामा पनि वाधा अवरोध विना संक्षिप्त अलर्टहरू हेर्न सकिनेछ ।

आईफोन १४ को मूल्य ७९९ डलरबाट सुरु हुनेछ । यो आईफोन १३ कै गतबर्षको मूल्य बराबर हो । ठूलो आईफोन १४ प्लस मोडेलको मूल्य ८९९ डलरबाट सुरु हुनेछ ।

नयाँ आईफोन १४ मा गत वर्षको आईफोन १३ प्रो मोडेलमा जस्तै ए १५ चिप प्रयोग गरिएको छ । नयाँ मोडलमा उस्तै चिप दोहोराइएको यो पहिलो पटक हो । यो ठूलो पिक्सेल, छिटो एपर्चर र सुधारिएको सेन्सरको साथ १२ एमपी मुख्य क्यामेराको साथ आउनेछ ।

पहिलो पटक नयाँ फ्रन्ट क्यामेरामा स्वत फोकस छ । यसले व्यक्तिगत र सामूहिक सेल्फीहरूको लागि कम प्रकाशमा धेरै दूरीहरूमा फोकस गर्नसक्छ । यसमा रहेको नयाँ मोडले प्रयोगकर्ताहरूले चलिरहेको बेला पनि भिडियोहरू स्थिर राख्न सक्नेछन् ।

त्यस्तै आईफोन १४ मा भौतिक सिम कार्ड हटाएर त्यसको सट्टा डिजिटल ई सिम कार्ड प्रयोग गर्नसकिने व्यवस्था गरेको छ । एउटै फोनमा धेरै​​ईसिमहरू भण्डारण गर्न सकिनेछ । साथै एउटै फोनमा धेरै सेलुलर योजनाहरू र फोन नम्बरहरू राख्न सकिनेछ ।

आईफोन हराएको वा चोरी अवस्थामा भेटाउने वा चोरी गर्ने व्यक्तिले भौतिक सिमकार्ड हटाउनसक्ने भएतापनि डिजिटल ई सिम कार्ड भने हटाउन सक्नेछैनन् ।
आईफोनका सबै अमेरिकी मोडलमा अब सिमकार्ड राख्ने ट्रे रहनेछैनन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com