२०२३ को कर ब्राकेट: ४४ हजार ७ सय २५ सम्म आम्दानी हुनेका लागि १२ प्रतिशतमात्र
प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार
आईआरएसले कर वर्ष २०२३ को लागि उच्च मुद्रास्फीति समायोजन घोषणा गर्दै करको ब्राकेटमा परिवर्तन गरेको छ । अर्थात् विगतको तुलनामा धेरै आम्दानी हुनेहरुले पनि कम कर तिरे हुने भएको छ । यो करको दर करबर्ष २०२३ का लागि लागु हुनेछ । अर्थात् २०२४ मा कर फाइल गरिनेहरुका सन्दर्भमा लागु हुनेछ ।
अहिले ९ हजार ९ सय ५० सम्म आम्दानी हुनेहरुका लागि करको दर १० प्रतिशत रहेकोमा नयाँ मापदण्ड अनुशार ११ हजारसम्म आम्दानी हुनेहरुका लागि करको दर १० प्रतिशत तोकिएको छ । त्यस्तै अहिले ९ हजार ९ सय ५० भन्दा माथि ४० हजार ५ सय २५ सम्म आम्दानी हुनेहरुका लागि करको दर १२ प्रतिशत रहेकोमा नयाँ मापदण्ड अनुशार ४४ हजार ७ सय २५ सम्म आम्दानी हुनेहरुका लागि करको दर १२ प्रतिशत रहेको छ ।
त्यस्तै नयाँ मापदण्ड अनुशार ९५ हजार ३ सय ७५ सम्म आम्दानी हुनेहरुका लागि करको दर २२ प्रतिशत कायम गरिएको छ । अहिले ८६ हजार ३ सय ७५ डलरसम्म आम्दानी हुनेहरुका लागि करको दर २२ प्रतिशत छ । त्यसैगरी नयाँ मापदण्ड अनुशार १ लाख ८२ हजार १ सयसम्म आम्दानी हुनेहरुका लागि करको दर २४ प्रतिशत कायम गरिएको छ । अहिले १ लाख ६४ हजार ९ सय २५ सम्म आम्दानी हुनेहरुका लागि करको दर २४ प्रतिशत छ ।
त्यस्तै नयाँ मापदण्ड अनुशार २ लाख ३१ हजार २ सय ५० डलरसम्म आम्दानी हुनेका लागि करको दर ३२ प्रतिशत तोकिएको छ भने ५ लाख ७८ हजार १ सय २५ सम्म आम्दानी हुनेहरुका लागि ३५ प्रतिशत तोकिएको छ । त्यो भन्दा माथि आम्दानी हुनेहरुका लागि करको दर ३७ प्रतिशत रहेको छ । अहिले २ लाख ९ हजार ४ सय सम्म ३२ प्रतिशत, ५ लाख २३ हजार ६ सयसम्म ३५ प्रतिशत र त्योभन्दा माथि ३७ प्रतिशत रहेको छ ।
संयुक्त रुपमा फाइल गर्ने दम्पत्तिका सन्दर्भमा भने आम्दानीको मापदण्ड फरक रहेको छ । २२ हजारसम्म आम्दानी हुने दम्पत्तिका लागि १० प्रतिशत, ८९ हजार ४ सय ५० सम्म आम्दानी हुने दम्पत्तिका लागि १२ प्रतिशत, १ लाख ९० हजार ७ सय ५० सम्म आम्दानी हुने दम्पत्तिका लागि २२ प्रतिशत, ३ लाख ६४ हजार २ सयसम्म आम्दानी हुने दम्पत्तिका लागि २४ प्रतिशत, ४ लाख ६२ हजार ५ सयसम्म आम्दानी हुने दम्पत्तिका लागि ३२ प्रतिशत, ६ लाख ९३ हजार ७ सय ५० सम्म आम्दानी हुने दम्पत्तिका लागि ३५ प्रतिशत र त्योभन्दा माथि आम्दानी हुने दम्पत्तिका लागि ३७ प्रतिशत करको दर तोकिएको छ ।