बुधबार कसैलाई नपरेपछि ५५० मिलियन पुग्यो अमेरिकामा पावरबल ज्याकपट, शनिबार खोलिदै


प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार

बुधबार पनि कसैलाई नपरेपछि अमेरिकाको पावरबल लोटरी ५५० मिलियन डलर पुगेको छ । यो पावरबल ज्याकपट अब शनिबार खोलिने भएको छ ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

पावरबल लोटरी बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । ज्याकपटक जित्नका लागि २९२ मिलियन टिकटबीच सबैभन्दा भाग्यशाली हुनुपर्छ ।

यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com