९ महिनाकी छोरीलाई पछाडि बटारेर मार्ने बेन्जामिन कोललाई ओक्लाहोमामा मृत्युदण्ड


प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार

ओक्लाहोमाले बिहीबार बिहान कैदी बेन्जामिन कोललाई मृत्युदण्ड दिएको छ । उनका वकिलहरूले उनी गम्भीर मानसिक बिरामी भएको दाबी गरे पनि उनलाई मृत्युदण्ड दिइएको हो ।

कोललाई विहान १० बजेर २२ मिनेटमा ओक्लाहोमाको म्याकएलेस्टरको राज्य पेनिटेनियरीमा मृत घोषित गरिएको थियो। राज्यले अक्टोबर २०२१ मा मृत्युदण्ड पुनः सञ्चालन गर्न थालेदेखि मृत्युदण्ड दिइने उनी छैटौं कैदी हुन् ।

तीन घातक मृत्युदण्ड औषधि मध्ये पहिलो औषधि उनलाई बिहान १० बजेर ६ मिनेटमा दिइएको थियो । उनलाई १० बजेर १२ मिनेटमा मा बेहोश घोषित गरियो। मृत्यु कक्ष भित्र उनी घुरेको आवाज सुनिन्थ्यो।

कोलले आफ्नी ९ महिनाकी छोरी ब्रिआनालाई जबरजस्ती पछाडिपट्टी बटाटेर मेरुदण्ड भाँचेर मारेका थिए । वकिलहरुले यसको प्रतिवाद गरेका थिएनन् । तर वकिलहरुले कोल गम्भीर रूपमा मानसिक रूपमा बिरामी रहेको तर्क गरेका थिए ।

कोलले उपचार अस्वीकार गरेका थिए । आफ्नो व्यक्तिगत सरसफाइलाई बेवास्ता गरेका थिए । उनको मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यपनि बिग्रिएको वकिलले दाबी गरेका थिए ।

ब्रियाना कोलको परिवारका दुई सदस्यहरू माइजु डोना ड्यानियल र काका ब्रायन यंगले मृत्युदण्ड दिएको हेरेका थिए । कोलको मृत्युदण्ड कार्यान्वयन गर्न २० वर्ष भन्दा बढी समय लागेकोमा उनीहरुले दुख व्यक्त गरे । ९ महिनाको बच्चीलाई न्याय दिलाउन २० बर्ष कुर्नुपर्ने अवस्था आएको उनीहरुको भनाई थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com