आइआरएसबाट रिटायर्टमेन्ट बचत रकम सिमामा २ हजार डलर बृद्धि, ५० नाघेकाले ३० हजार डलरसम्म
प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार
आईआरएसले शुक्रबार रिटायर्टमेन्टका लागि सन् २०२३ मा बचत गर्न सकिने ४०१ केको रकमको सिमामा बृद्धिको घोषणा गरेको छ । बचत गर्न सकिने सिमामा २ हजार डलर बृद्धिको घोषणा अहिलेसम्मकै नयाँ रेकर्ड हो ।
अर्को वर्षदेखि ४०१ के, ४०१ बी, धेरैजसो ४५७ योजनाहरु वा संघीय कर्मचारीहरूका लागि थ्रिफ्ट बचत योजनामा २२ हजार ५ सय डलरसम्म योगदान गर्न अनुमति दिइनेछ। यो सिमा अहिले २० हजार ५ सयसम्म रहेको छ ।
अहिलेको तुलनामा ९ दशमलव ८ प्रतिशतको यो बृद्धि ठूलो मात्रामा मुद्रास्फीतिको कारण गरिएको हो । ५० बर्षमाथिका योजनामा सहभागीहरूका सन्दर्भमा अतिरिक्त बुस्ट प्राप्त हुने जनाइएको छ । सन् २०२३ मा यो ६ हजार ५ सय डलरबाट बढेर ७ हजार ५ सय डलर पुग्नेछ ।
जसको अर्थ तपाई ५० बर्षभन्दा माथिको हुनुहुन्छ भने सन् २०२३ मा आफ्नो रिटायर्टमेन्ट योजनामा ३० हजार डलरसम्म योगदान गर्न सक्नुहुनेछ । यसमा तपाईंको रोजगारदाताले म्याच गर्नसक्ने रकम गणना गरिदैन ।