न्युयोर्कको एल ट्रेनमा अपरिचित व्यक्तिलाई लिकमा धकेलेको विचलित पार्ने भिडियो
प्रकाशित मिति : कार्तिक ६, २०७९ आईतबार
प्रहरीले न्युयोर्कको एल ट्रेन स्टेशनमा अपरिचित व्यक्तिलाई ट्रेनको लिकमा धकेलेको विचलित पार्ने भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा स्टेशनमा उभिएका ३२ वर्षीय व्यक्तिलाई दौडदै आएको व्यक्तिले अप्रत्याशित रुपमा लिकमा धकेलेको देखिएको छ ।
आक्रमण शुक्रबार दिउँसो २ बजेर ४० मिनेटमा भएको हो । बु्रकलिनको वेकफ एभिन्यू र मर्टल एभिन्यू सबवे स्टेशनमा उत्तरतिर जाने एल ट्रेनको लिकमा धकेलिएको थियो ।
Viewers discretion is advised
10-22 at the Wyckoff and Myrtle Ave train station a man pushes another man on the train tracks.
Lucky The man was not hit by a train. #NYC #SATURDAY #NewYorkCity pic.twitter.com/lzhjZQmOQi— Viral News NY (@ViralNewsNYC) October 23, 2022
प्रहरीले शनिबार आक्रमणकारीको भिडियो जारी गरेको हो । जसमा प्लेटफर्मको एक छेउमा हात बाँधेर उभिएको व्यक्तिलाई अर्को छेउबाट दौडदै आएको व्यक्तिले धकलेको छ ।
On 10/21 at 2:40 pm, at the Wycoff Ave & Myrtle Ave subway station, a 32-year-old male was knocked onto the tracks by the individual depicted below. The victim was not struck by the train & did not sustain physical injuries. Have info? Contact @NYPDTips pic.twitter.com/ZVQfEU7mhZ
— NYPD NEWS (@NYPDnews) October 22, 2022
धकेल्नेले दुवैतिर हेरेर दौडेर पीडितनेर पुगेपछि हात र काँधले धकेलेको देखिन्छ । त्यसपछि पीडित लिकमा लडेको देखिएको छ ।
आक्रमणकारी भने जताबाट आएको हो त्यतैतिर भागेको देखिन्छ । आफ्नो झोला बोकेर ट्रेनको टर्नस्टाइलबाट बाहिर निस्केको भिडियोमा देखिएको छ ।
पीडित घाइते भएका थिए तर ट्रेनले भने ठक्कर दिएन । पीडितको काँधमा चोट लागेको छ । आफूमाथि अप्रत्यासित आक्रमण भएकोमा उनी स्तब्ध भएका छन् ।
पीडितको ती व्यक्तिसँग कुनै झगडा वा भिडन्त भएको थिएन । चश्मा, पहेँलो हुडी र कालो ज्याकेट लगाएको आक्रमणकारीको पहिचान गर्न प्रहरीले जनतासँग सहयोग मागिरहेको छ।