२२ फुटको अजिंगरले जब महिलालाई सिंगै निल्यो


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

brown snake

कामको क्रममा बेपत्ता भएकी ५४ बर्षकी इन्डोनेसियाली महिला सोमबार २२ फिट लामो अजिंगरको पेटभित्र फेला परेकी छिन् । वृक्षारोपणबाट आइतबार जराह नामकी ती महिला घर नफर्केपछि उनको खोजी सुरु गरिएको थियो ।

खोजीका क्रममा टोलीले ७ मिटर अर्थात् २२ फिट लम्बाइको विशाल अजिंगर फेला पारेको थियो । अजिंगरको पेटमा भेटिएको पीडितको शव नष्ट भएको थिएन । सुमात्रा टापुको जङ्गलको भुइँमा महिलाको चप्पल, ज्याकेट र मफलर भेटिएपछि सर्पलाई समातिएको थियो।

खोजी टोलीले अजिंगरलाई मारेर त्यसको पेट काट्दा सिंगै मृत शरीर भेटिएको थियो । जाम्बी प्रान्तको बेतारा गाउँ नजिकै उक्त सरीसृप फेला परेपछि प्रहरीले भने -‘पीडितको शव हामीले सर्पभित्र फेला पार्दा नष्ट भएको थिएन, जसको अर्थ उसले भर्खरै मात्र निलिएको थियो।’

गैर विषालु अजिंगरहरू सामान्यतया मानिसहरूलाई आक्रमण गर्दैनन् । त्यसको सट्टा उनीहरु साना जनावरहरूलाई रोज्छन्, जसलाई तिनीहरूले निसास्सिने गराएर मार्छन् । साथै गैरविषालु टोकाईले मारेपछि खान्छन्। तर कहिलेकाहीँ मानिसहरू पनि तिनीहरूको शिकार बन्छन् ।

एउटा जालीदार अजिंगरको कारण महिलाको मृत्यु भएको जनाइएको छ । यो प्रजाति जाम्बीको सुमात्रान प्रान्तमा बस्ने एक मात्र सरीसृप हो जसले वयस्क मानिसलाई खाएको छ ।

जब यो अजिंगरले शरीरलाई बेर्छ, त्यसपछि बेस्सरी कस्दै लैजान्छ । त्यसपछि शरीर सानो हुँदै जान्छ र अजिंगरले आफ्नो पकड बलियो बनाउँछ । यसको माथिल्लो र तल्लो बङ्गारा लिगामेन्टद्वारा जोडिएको हुन्छ, यो एकदमै लचिलो हुन्छ। तिनीहरूले आफ्नो टाउकोको आकार भन्दा ठूलो शिकार निल्न सक्छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com