न्युयोर्क र देशभरका बासिन्दाहरूलाई पत्र पठाउन सडकका निला मेलबक्सको प्रयोग नगर्न चेतावनी
प्रकाशित मिति : कार्तिक १६, २०७९ बुधबार
अमेरिकामा हुलाक सेवाका अधिकारीहरूले न्युयोर्क र देशभरका बासिन्दाहरूलाई पत्र पठाउनका लागि निला मेलबक्सको प्रयोग तुरुन्तै बन्द गर्न आग्रह गरिरहेका छन्।
धेरै भन्दा धेरै मानिसहरूले हुलाक मार्फत होलिडे कार्डहरू, उपहारहरू, र चेकहरू पठाउने भएकाले युएसपीएसका अधिकारीहरूले मानिसहरूलाई छुट्टीको मौसममा राज्यभर अवस्थित ती ठूला निला मेलबक्सहरू प्रयोग नगर्न सल्लाह दिएका छन् ।
चोरहरूले ती मेलबक्सहरूबाट पत्रहरु चोरी गर्दै र व्यक्तिगत जानकारी चोरी गर्न पत्रहरु प्रयोग गरेपछि पहिचान चोरीबाट बच्न ती मेल मेलबक्सहरु प्रयोग नगर्न चेतावनी दिइएको हो ।
अधिकारीहरूले निला मेलबक्सहरू विदा बाहेकका अन्य दिनमा प्रयोग गर्न ठीक भएको र हुलाकका कर्मचारीहरूले नियमित रूपमा पत्रहरु जाँच गर्ने र संकलन गर्ने जनाएका छन् । तर बिदा र सप्ताहन्तहरूमा प्रयोग नगर्न चेतावनी दिइएको हो । किनभने विदा र सप्ताहन्तमा पत्रहरु २४ घण्टा भन्दा बढी बक्समा रहने र चोरीको खतरा हुने जनाइएको छ ।
युएसपीएसले मानिसहरूलाई आफ्नो पत्र पठाउन हुलाक कार्यालयमा आउन प्रोत्साहित गरिरहेको छ। यदि विजनेश समयभन्दा अन्य समयमा मेलबक्समा कसैले शंकास्पद गतिविधि गरेमा तुरुन्त प्रहरीलाई खबर गर्न सुझाव दिइएको छ ।