पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, स्वास्थ्य अवस्था स्थीर


प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार

wiki

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । खुट्टामा गोली लागेका उनको स्वास्थ्य अवस्था स्थीर रहेको जनाइएको छ ।

पाकिस्तानको गुजरानवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानको कन्टेनर नजिकै गोली हानाहान भएको थियो । घाइते खानलाई लाहोर लगिएको छ ।

यद्यपि इमरान खान भने सुरक्षित रहेको बताइएको छ । उद्धार अधिकारीका अनुसार घटनामा तीनदेखि चारजना घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले इमरान खानको कन्टेनरमा भएको गोलीबारीको निन्दा गरेका छन् ।

इमरान खानको पार्टी पीटीआईले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट एउटा भिडियो शेयर गरेको छ । गोलीकाण्डपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई कसरी कन्टेनरबाट गाडीमा सारियो भन्ने भिडियोमा देख्न सकिन्छ ।

सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा गोली चलेको हो । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको होे ।

गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए । गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो ।

आक्रमणमा सम्लग्न आरोपित एक जनाको मृत्यु भएको छ ।

घाइते भएका इमरान खानलाई लाहोरको शौकत खानम मेमोरियल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा भर्ना गरिएको छ ।

यस समयमा अस्पताल बाहिर ठूलो संख्यामा सुरक्षाकर्मीहरू उपस्थित छन्।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com