न्यान्सी पेलोसीका पति पल पेलोसीमाथि आक्रमण गर्ने डेभिड डेपेपलाई देशनिकाला गरिने
प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार
संसदकी सभामुख न्यान्सी पेलोसीको घरमा पसेर उनका श्रीमानलाई हथौडाले आक्रमण गरेको अभियोग लागेका व्यक्तिलाई हिरासतबाट रिहा भएपछि अमेरिकाबाट देशनिकाला गर्न सकिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । आइसले ४२ वर्षीय क्यानाडाली नागरिक डेभिड डेपेपलाई अध्यागमन बन्दीका रुपमा दर्ज गरेको छ ।
सान फ्रान्सिस्को काउन्टी जेलले सेवा समय पूरा हुनु अघि आइसलाई सूचित गरेपछि अध्यागमन अधिकारीहरूले उसलाई हिरासतमा लिन सक्नेछन् । अध्यागमन र राष्ट्रियता ऐन अन्तर्गत देशनिकाला गर्न सकिने व्यक्तिलार्य आईसले अध्यागमन बन्दीहरूका रुपमा दर्ज गर्छ ।
आक्रमणकारी क्यालिफोर्नियाको सान यिसिर्दोबाट बी टु भिजिटरका रुपमा सन् २००८ मा अमेरिका प्रवेश गरेको जनाइएको छ । व्यवसाय वा मनोरञ्जनका लागि अमेरिका प्रवेश गर्ने क्यानाडाली आगन्तुकहरूलाई सामान्यतया छ महिनाको लागि मात्र प्रवेश दिइन्छ ।
डेपेपले मंगलबार आफ्नो पहिलो अदालतमा उपस्थित हुँदा हत्या प्रयास सहित धेरै आरोपहरूमा दोषी नभएको बताएको जनाइएको छ । उनलाई हाल जमानत बिना नै हिरासतमा राखिएको छ ।
डिपार्टमेन्ट अफ जस्टिसले उनलाई दुई संघीय अपराधको आरोप पनि लगाएको छ । संघीय अधिकारीको अपहरणको प्रयास र अधिकारी विरुद्ध बदला लिने उद्देश्यका साथ अमेरिकी अधिकारीको निकट परिवारको सदस्यलाई आक्रमण गरेको अभियोग लगाइएको छ ।
खोपडी भाँचिएको शल्यक्रियापछि पल पेलोसीको अस्पतालमा उपचार भइरहेको छ ।