खोलियो १.६ बिलियनको पावरबल लोटरी, यी हुन् छानिएका नम्बरहरु
प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार
अमेरिकामा १ दशमलव ६ बिलियन डलरको पावरबल ज्याकपट खोलिएको छ । छानिएका नम्बरहरुमा २८, ४५, ५३, ५६ र ६९ रहेका छन् भने पावरबल नम्बर २० रहेको छ ।
यो विश्वकै अहिलेसम्मको ठूलो राशीको लोटरी हो । यति धेरै राशीको लोटरी खोलिएको अहिलेसम्मकै इतिहासमा विश्वमा पहिलो हो । आज खोलिएको लोटरी कस्लाई पर्यो भन्नेबारे यो समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन ।
गिनिज बुकमा विश्वकै सबैभन्दा ठूलो राष्ट्रिय ज्याकपटमा जनवरी २०१६ को पावरबल रहेकोमा उक्त रेकर्ड पनि तोडिएको छ । त्यतीबेला १ दशमलव ५८६ बिलियन डलरको ज्याकपट खोलिएको थियो । जो अमेरिकाभर तीनजनाले जीतेका थिए ।
शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेटमा फ्लोरिडा लोटरी ड्र स्टुडियोमा लोटरी खोलिएको हो । पेन्सिलभेनियामा अन्तिम पटक अगस्ट ३ मा ज्याकपट जितेदेखि खोलिएको यो यो ४० औं पावरबल हो । जसको एकमुष्ठ नगद पुरस्कार ७८२ मिलियन डलर हुनेछ ।
आज कसैले ज्याकपट जितेमा विजेताले ठूलो रकम करमा तिर्नुपर्नेछ भने हेडलाइन भन्दा धेरै कम रकममात्र पुरस्कारका रुपमा घर लैजानेछ।
पावरबल लोटरी विजेताहरूले एकमुष्ठ पुरस्कार प्राप्त गर्ने वा २९ बर्षमा ३० पटकगरी पुरस्कार प्राप्त गर्ने योजनाबीच छनौट गर्न सक्छन् । एकमुष्ठ भुक्तानी चर्चा गरिएभन्दा कम हुन्छ तर अधिकांशले एकमुष्ठ भुक्तानीकै विकल्प रोज्छन् । जुन अब ७८१ मिलियन डलर हुनेछ ।
उक्त रकममा २४ प्रतिशत अनिवार्य संघीय ट्याक्स विथहोल्ड हुन्छ, जुन १८७ मिलियन हो । यो रकम घटाउँदा अब बाँकी रहन्छ ५९४ मिलियन । तर ट्याक्सको श्रृंखला यत्तिमा सिमित हुँदैन । एकल करदाताले शीर्ष संघीय सीमान्त दर ३७ प्रतिशत पनि तिर्नुपर्छ । जसको अर्थ यो रकमबाट थप १०१ मिलियन छुट्याउनु पर्ने हुन्छ । त्यसपछि समग्र पुरस्कार ४९३ मिलियनमा झर्छ ।
त्यसपछि राज्य र सिटीका करहरु पनि तिर्नुपर्छ । उक्त करको दर विजेता कहाँ बस्छन् र उनीहरूले जित्ने टिकट कहाँ किनेका थिए भन्ने आधारमा निर्धारण हुन्छ । न्युयोर्कमा ८ दशमलव ८२ प्रतिशत राज्यलाई र ३ दशमलव ८७६ प्रतिशत सिटीलाई बुझाउनुपर्छ । त्यसपछिको झण्डै ४ सय मिलियनमात्र विजेताको खातामा बच्नेछ ।
पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।
यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।