साइकलको ब्याट्रीका कारण न्युयोर्कको म्यानहटनमा अग्लो भवनमा आगलागी, कम्तिमा ३८ घाइते


प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार

न्युयोर्कको म्यानहटनमा अग्लो भवनमा आगलागी हुँदा कम्तिमा ३८ जना घाइते छन् । अग्नी नियन्त्रकहरूले डोरी प्रयोग गरेर आगोमा फसेकाहरुको उद्दार गरेका थिए ।

४२९ इस्ट ५२ स्ट्रीटमा रहेको सडकमा विद्युतीय साइकलमा रहेको लिथियम आयन ब्याट्रीका कारण आगलागी भएको अधिकारीहरूले बताएका छन्। आगलागी भएको युनिटमा कम्तिमा पाँचवटा ई बाइक थिए ।

अपार्टमेन्टका एक बासिन्दाले बाइकहरू मर्मत गर्ने गरेको भन्दै अनाधिकृत व्यापार गतिविधि भएकोबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । यो वर्षमात्र न्यूयोर्क शहरमा करिब २०० आगलागीका घटना लिथियम आयन ब्याट्रीका कारण भएका छन् । जसमा छ जनाको मृत्यु भएको छ ।

यी ब्याट्रीहरू इलेक्ट्रिक बाइक, स्कूटर र होभरबोर्डहरूमा पाइन्छ। ब्याट्रीका कारण लागेको आगो सामान्यतया तीव्र हुन्छ । वरपरका कुनै पनि प्रज्वलनशील वस्तुले चाँडै गति लिन सक्छ ।

अपार्टमेन्ट कम्प्लेक्स बाहिर निश्चित बिन्दु भन्दा बाहिर कुनै पेडल वा ईबाइकलाई अनुमति नदिइने सुचना राखिएको थियो । साइकलमा मात्र नभई शक्तिशाली लिथियम आयन ब्याट्री प्रयोग गर्ने कुनै पनि उपकरणले जोखिम निम्त्याउन सक्ने अधिकारीहरुले बताएका छन् ।

आगलागीपछि अग्निनियन्त्रकहरूले एक महिलालाई २० औं तलाको अपार्टमेन्टबाट उद्धार गरेको भिडियो भाइरल रहेको छ । त्यहीबाट आगो सुरु भएको विश्वास गरिएको छ । अग्निनियन्त्रकहरूले महिलालाई तोडिएको झ्यालबाट तलको भुइँमा तानेका छन् । युनिटले डोरीले बाँधेर अर्का एक जनाको पनि उद्धार गरेको छ ।

घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ भने ५ जनाको अवस्था गम्भीर रहेको छ । बाँकीलाई सामान्य चोटपटक लागेको दमकल अधिकारीहरुले जनाएका छन् ।

आगो लागेको २० औं तला माथि बस्ने बासिन्दाहरूलाई छतमा सारिएको थियो। न्यूयोर्क पुलिस विभागले हेलिकप्टर पठाएको थियो । त्यसबाट कुनै उद्धार गरिएको छैन।

अन्य बासिन्दाहरू सिँढी वा लिफ्टबाट सडकमा आएका थिए । तर भवनको संरचना ज्वलनशील नभएकाले ढोका बन्द गरेर आफ्नो युनिटहरूमा सुरक्षित रहन सक्ने अधिकारीहले बताएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com