न्युयोर्कको ज्याक्सनहाइटमा सेभेन ट्रेनमा दिउसै आक्रमण र सुनको सिक्री लुट्ने प्रयास
प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार
न्युयोर्कको ज्याक्सनहाइटमा सेभेन ट्रेनमा आइतबार दिउसो एकजनामाथि आक्रमण र लुटपाट भएको छ । सेभेन ट्रेनमा चढेका ३४ बर्षका व्यक्तिलाई एक गिरोहले कुटपिट र लुट्न अघि धम्की समेत दिएको जनाइएको छ ।
एल्महर्स्टको ११० प्रिसिनक्टबाट पुलिसले कम्तिमा चार संदिग्धहरूको खोजी गरिरहेको छ।
३४ वर्षीय पीडित बेलुका साढे ४ बजे डाउनटाउन फ्लसिङको मेन स्ट्रिट स्टेसनमा म्यानहट्टन जाँदै गरेको सेभेन ट्रेनमा चढेका थिए । त्यपछि उनलाई अपरिचित व्यक्तिको समुहले दुर्व्यवहार गर्न थालेको थियो । उक्त समुहले उनलाई मुक्का हान्नुका साथै नक्कली पेस्तोलले उनीतर्फ गोली दागेका थिए ।
उनको सुनको सिक्री लुटपाटको प्रयास गरेपनि उक्त समुह सिक्री लुट्न भने असफल भएको जनाइएको छ । पीडित गुण्डाहरूबाट बच्न सक्षम भएको र अर्को डिब्बामा सरेको जनाइएको छ ।
पीडित ज्याक्सन हाइट्सको ७४ औं स्ट्रिट र रुजवेल्ट एभिन्यू ट्रान्जिट हबमा ट्रेनबाट निस्किएका थिए । त्यसपछि उक्त गिरोहपनि सोही समूह उनको पछि लागेको आएको थियो र उनको चश्मा खोसेर अनुहारमा कुटपिट गरेको थियो ।
उनीहरु त्यहाँबाट पीडितको चश्मा लिएर भागेका थिए भने तल रहेको एफ ट्रेनमा चढेका थिए । पीडितलाई कुनै गम्भिर चोटपटक लागेको थिएन भने उनले घटनास्थलमा उपचार गर्न अस्वीकार गरेका थिए ।
प्रहरीले सोमबार चार जना संदिग्धको फोटो जारी गरेको छ । उनीहरु टीनएजरहरु वा २० को दशकको सुरुवातका भएको जनाइएको छ । एक संदिग्धले कालो मास्क लगाएको थियो भने सबै कालो लुगा लगाएको थियो। अर्कोले कालो स्वेटसर्ट र सेतो स्वेटप्यान्टमा कालो भेस्ट लगाएको थियो ।
तेस्रो संदिग्धले कालो कपाल र कालो ज्याकेट र सेतो र कालो स्वेटप्यान्ट लगाएको थिया् । चौथो मानिसले कालो ज्याकेट लगाएको थियो।
गत मंगलबार पनि ज्याक्सनहाइटको ७४ ट्रेन स्टेशनमा एकजना व्यक्ति ७२ बर्षका बृद्धमाथि आक्रमण गरेको थियो । उसले दिउसो साढे १२ बजेतिर ती बृद्धको अनुहारमा मुक्का हानेको थियो ।
गत अक्टोबर १७ पनि राती पौने १ बजेतिर एकजना व्यक्तिले ज्याक्सनहाइटको ७४ स्ट्रीट स्टेशनमा नै आक्रमण गरेको थियो ।