ट्विटरबाट भारतमा रहेका ९० प्रतिशत भन्दा बढी कर्मचारी बर्खास्त, झण्डै दर्जनमात्र बाँकी
प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार
ट्वीटरले सप्ताहन्तमा भारतमा आफ्ना ९० प्रतिशत भन्दा बढी कर्मचारीहरूलाई हटाएको छ । नयाँ मालिक एलन मस्कले गरेको विश्वव्यापी कर्मचारीको कटौतीको एक अंशका रुपमा भारतमा रहेका कर्मचारीहरु पनि हटाइएको हो ।
कम्पनीले भारतमा झण्डै २ सय जनालाई रोजगारी दिएको थियो । अब कटौ्रतीपछि अब भारतमा एक दर्जन कर्मचारीमात्र बाँकी रहेका छन् । यस विषयमा जानकार व्यक्तिहरुले विषयको संवेदनशीलताका कारण नाम भने खुलाएका छैनन् ।
भारतमा हटाइएका कर्मचारीहरुमध्ये ७० प्रतिशत उत्पादन र इन्जिनियरिङ टोलीका कर्मचारी रहेको जनाइएको छ । ट्वीटर, फेसबुक , गुगलजस्ता विश्वव्यापी इन्टरनेट कम्पनीहरूका लागि भारत एक प्रमुख स्थल हो । यद्यपि कम्पनीहरूले पनि देशका ठूला टेक फर्महरूमा लगाम लगाउने उद्देश्यले बढ्दो कडा सामग्री नियमहरूको सामना गरिरहेका छन्।
भारतमा बजार, सार्वजनिक नीति र कर्पोरेट कम्युनिकेसन लगायतका कार्यहरूमा पनि पदहरू घटाइएको छ । सान फ्रान्सिस्को, क्यालिफोर्नियामा आधारित ट्विटरले विश्वव्यापी रूपमा लगभग आधा अर्थात् ३७ सय कर्मचारीहरु घटाएको छ ।
भारतमा ट्विटरमा सबैभन्दा ज्वलन्त राजनीतिक वार्तालापहरू हुने गर्छन् । प्रतिस्पर्धी दलहरूले नियमित रूपमा एक अर्कालाई गलत सूचना फैलाएको आरोप लगाउँछन्। प्रधानमन्त्री नरेन्द्र मोदीको एकाउन्टमा ८४ मिलियनभन्दा बढी फलोअर्स छन् ।
ट्विटरका भारत कार्यालयहरू नयाँ दिल्ली, मुम्बई र बेंगलुरुको दक्षिणी टेक हबमा अवस्थित छन्।