केन्टकी स्कूल बस दुर्घटनामा १८ विद्यार्थी र चालक घाइते
प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार
सोमबार पूर्वी केन्टकीमा बस दुर्घटना हुँदा बसमा रहेका सबै १८ विद्यार्थी र चालक घाइते र्भका छन् । उनीहरुलाई विभिन्न स्तरमा चोटपटक लागेको विद्यालयका एक अधिकारीले बताएका छन् ।
म्यागोफिन काउन्टी स्कूल जिल्ला सुपरिटेन्डेन्ट क्रिस मेडोजले एक विज्ञप्तिमा सबैको ज्यान जोगिएको बताएका छन् । घाइते विद्यार्थीहरू प्राथमिकदेखि हाइस्कुलसम्मका रहेका छन् ।
घाइतेहरूलाई हेलिकप्टर र एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । केन्टकी राज्यका प्रहरी प्रवक्ता पल ब्लान्टनले दुर्घटनामा बसमात्र परेको जनाएका छन् । बस सडकभन्दा बाहिर गएर दुर्घटनाग्रस्त भएको थियो ।
Crews are working to remove a Magoffin County school bus from an embankment following a crash with students on board.
The Salyersville Independent says the driver was ejected and partially pinned under the bus. She was flown to an area hospital.
MORE: https://t.co/YHgCsbjUvw pic.twitter.com/ajv8Bp5A9g
— LEX 18 News (@LEX18News) November 14, 2022
सिट बेल्ट नभएको बस पल्टिएको तथा छेउमा झरेको जस्तो देखिएको थियो । उद्दारकर्ताहरुले बच्चाहरूलाई तान्न डोरी र स्टोक्स टोकरीहरू सहित उद्धार उपकरणहरू प्रयोग गर्नुपरेको थियो ।
उद्दारकर्मीहरु आइपुग्दा केही विद्यार्थीहरू पहाड चढिसकेका थिए । दुर्घटना भएको सडकको खण्ड गार्डरेल राख्ने सम्भाव्यताको लागि निर्धारित गरिएको क्षेत्र हो, तर सडक मुनिको पानी र ढलको पूर्वाधारले प्रक्रियालाई जटिल बनाएको थियो ।