ललितपुर २ मा अघि अघि सूर्य, पछि पछि लौरो


प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार

ललितपुर क्षेत्र नं २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा लौरौ चिन्हवाला हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् ।

कूल ४ हजार ७८८ मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १ हजार ३१७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७९० र राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७६ मत पाएका छन् ।

ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com