ललितपुर–१ मा प्रतिनिधिसभामा एमालेका नवराज सिलवालको अग्रता


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उम्मेदवार र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ ।

आज राति साढे आठ बजेसम्म कूल नौ हजार सात सय ७१ मत गन्दा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का नवराज सिलवालले चार हजार छ सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबराले तीन हजार छ सय १३ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर क्षेत्र नम्बर १ (१) प्रदेशसभा सदस्यतर्फ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हरि दाहालले तीन हजार ८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मधुसुधन पौडेलले दुई हजार छ सय ८५ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर क्षेत्र नम्बर १(२) मा प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसका मीनकृष्ण महर्जनले तीन हजार चार सय ९३ मत प्राप्त गरी अग्रता लिनुभएको छ । महर्जनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतनाथ सञ्जेलले तीन हजार १० मत प्राप्त गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com