काठमाडौँका ९ वटै क्षेत्रमा को अगाडि ? (ताजा अपडेट)


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई हराउँदै जीत हासिल गरेका छन् ।

काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ । काठमाडौँ क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छिन् । उनले दुई हजार आठ सय ९१ मत प्राप्त गरेकी छिन् भने प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का ओनसरी घर्तीले एक हजार ९ सय ६३ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेलले एक हजार ९ सय मतसहित तेस्रो स्थानमा छिन् ।

काठमाडौँ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय १० मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका कृष्णबहादुर राईले तीन हजार दुई सय १३ मत सहित पछ्याइरहेका छन् । । तेस्रो स्थानमा रहेका रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले १३ हजार ६ सय ७० मत पाउँदा दोस्रो स्थानमा रहेका एमालेका डा राजन भट्टराईले १० हजार ७५ मत ल्याएका छन् । राप्रपाका ठाकुरमोहन श्रेष्ठको १ हजार ९ सय मत छ ।

काठमाडौँ क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल दुई हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् भने नेकपा ९एमाले०का उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रणय शम्शेर राणाले ९४८ मत ल्याएका छन् ।

काठमाडौँ क्षेत्र नं ६ मा रास्वपाका शिशिर खनालले दुई हजार ७९ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका भीमसेनदास प्रधानले १ हजार ४१२ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनाल एक हजार ४ सय १ मतसहित तेस्रो स्थानमा छन् ।

काठमाडौँ क्षेत्र नं ७ मा एमालेका श्यामकुमार घिमिरे प्रतिस्पर्धीलाई पछाडि पार्दै २ हजार १ सय ९३ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार गणेश पराजुलीले २ हजार १ सय ४३ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका अस्मिता सिंह ९मानुषी० यमी भट्टराईले १७ सय १६ मत प्राप्त गरेकी छिन् ।

काठमाडौँ क्षेत्र नं ८ मा भने रास्वपाका विराजभक्त श्रेष्ठले तीन हजार ७७० मत प्राप्त गर्दै अग्रस्थानमा छन् । यस्तै हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले तीन हजार तीन सय १० मत प्राप्त गरेका छन् । एमालेका शिवसुन्दर राजवैद्यले एक हजार पाँच सय ८७ मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले ७ हजार २४ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले ६ हजार १७७ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले तीन हजार ९ सय २१ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले दुई हजार चार सय १८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार प्रदीप विष्टले एक हजार आठ सय ७८ मत ल्याएका छन् । एमालेका हिमेश केसीले एक हजार तीन सय मत प्राप्त गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com