म्यानहटनमा मःम: न्युयोर्कमा इन्डो-नेपाली खानाका साथ त्रिभंगा रेष्टुरेण्ट
प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार
न्युयोर्कको म्यानहटनमा टाइम्स स्क्वायर नजिकै नेपाली ममको स्वाद चाख्न पाइने भएको छ । म्यानहटनको २३४ वेष्ट ५६ स्ट्रीटमा इन्डो नेपाली खानाका साथ त्रिभंगा रेष्टुरेण्टको सुरुवात गरिएको हो ।
चिकेन छोइला, चिकेन पकौडा, चिकेन टिक्का, मम, समोसा चाट, शिख कबाबदेखि सेकुवा, नान, तन्दुरी, बिरयानी, बटर चिकेन, चिकेन कोर्मा, चिकेन टिक्का मसला लगायतका परिकार पनि रेष्टुरेण्टको मेनुमा उपलब्ध छन् ।
क्वीन्समा रहेका नेपाली रेष्टुरेण्टको तुलनामा खानाहरुको मूल्य धेरै अन्तर छैन । रेष्टुरेण्टले इन्डो नेपाली संस्कृतिको भव्यता र सरलतालाई मूर्त रूप दिने तथा स्वादिष्ट भोजन संग संस्कृति शेयर गर्ने रेष्टुरेण्टको वेवसाइटमा उल्लेख छ । फाइन डाइनिंगका साथमा डेलिभरी र टेकअवे सेवाहरू पनि उपलब्ध छन् ।
५० प्रकारका खाना पाइने यो रेष्टुरेण्टमा एकपटकमा १ सय जनासम्मले खाना खान सक्छन् । अनलाइनबाट टेबुल रिजर्भ गर्नसकिने व्यवस्था समेत रहेको छ । रेष्टुरेण्टका संचालकहरुमा राज प्रधान, डाक्टर नील नईम र लक्ष्मी भट्ट लगायत रहेका छन् ।
खानाबारे थप जानकारी, मेनु र टेबुल रिजर्भका लागि वेवसाइटमा क्लीक गर्नुहोला ।