विमानयात्रामा ह्याण्डक्यारीमा १ सय मिलिलिटरसम्मको तरल पदार्थको नियम खारेज गरिदै


प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार

silhouette of man holding luggage inside airport

बेलायतमा १ सय मिलिलिटरसम्मको तरल पदार्थ र एयरपोर्ट ह्यान्ड लगेजमा ल्यापटप जस्ता वस्तुहरूमा केही सुरक्षा नियमहरू २०२४ मा खारेज गरिने भएको छ । बेलायतको सरकारले धेरैजसो यूकेका एयरपोर्टहरूमा नयाँ उच्च टेक थ्रीडी स्क्यानरहरू स्थापना गर्न जुन २०२३ को समय सीमा तोकेको छ । जसले सामानको थप विस्तृत तस्वीरहरु देखाउनेछ ।

परिवर्तन लागु भएपछि १ सय मिलिलिटर तरल पदार्थको साटो दुई लिटर सम्म बोक्न पाइने छ । यात्रुहरूले सुरक्षा जााचमा झोलाबाट ल्यापटप लगायतका विद्युतीय उपकरणहरु हटाउन आवश्यक पर्नेछैन । यसको अघिल्लो समयसीमा महामारीको कारण पछाडि धकेलिएको थियो।

एयरपोर्टहरुमा सुरक्षा जाँचको क्रममा यात्रुहरूले हाल आफ्नो ह्याण्डक्यारीबाट ट्याब्लेट, ल्यापटप र तरल पदार्थहरू बाहिर निकाल्न आवश्यक हुन्छ । सनक्रिम, स्याम्पु वा टुथपेस्ट जस्ता तरल पदार्थहरू १ सय मिलिलिटरभन्दा कम हुनुपर्छ ।

अमेरिकाले भने एकसय मिलिलिटरको नियम कहिलेदेखि हटाउने भन्नेबारे टाइमलाइन तय गरेको छैन । तर निकट भविश्यमा हटाउनेबारे विचार गरिरहेको टीएसएले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com