५ प्रकारका डार्क चकलेटमा घातक धातुको मात्रा उच्च, गर्भवती र बालबालिकालाई चेतावनी


प्रकाशित मिति : पुस २, २०७९ शनिबार

chocolates

केही प्रकारका डार्क चकलेटमा खतरनाक मात्रामा धातुहरू फेला परेको उपभोक्ता रिपोर्टले जारी गरेको रिसर्चमा उल्लेख गरिएको छ । गैर नाफामुखी वकालत संगठनका वैज्ञानिकहरूले भर्खरै २८ लोकप्रिय ब्रान्डका डार्क चकलेट बारहरूमा भारी धातुहरूको मात्रा मापन गरेका थिए ।

ती सबैमा क्याडमियम र लेड फेला पारिएको छ । २३ वटा बारहरूका लागि दिनमा एक औंस मात्र खपत गर्दा पनि एक वयस्कलाई हानिकारक हुन सक्ने धातुहरू मध्ये कम्तिमा एकको स्तर माथि राख्ने रिपोर्टमा उल्लेख छ । पाँचवटा बारहरू क्याडमियम र लेड स्तर अन्यको भन्दापनि माथि रहेको पाइएको छ । थियो, ट्रेडर जो, लिली र ग्रिन एण्ड ब्लाक सबैभन्दा हानिकारक देखिएका छन् ।

थोरै मात्रामा भारी धातुहरूको लामो समयसम्म उपभोगले स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने जनाइएको छ । साना बच्चाहरूमा विकास सम्बन्धी समस्याहरू र मस्तिष्कको विकासमा समस्या हुनसक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

तर कुनै पनि उमेरका मानिसहरूका लागि जोखिमहरू रहेको सीआर खाद्य सुरक्षा अनुसन्धानकर्ता टुन्डे अकिन्लेले बताएका छन् । उनले यो परीक्षणको नेतृत्व गरेका थिए । वयस्कहरूमा लेडको बारम्बार उपभोगले स्नायु प्रणाली समस्या, उच्च रक्तचाप, प्रतिरक्षा प्रणाली कमजोर, मृगौला क्षति र प्रजनन समस्याहरू निम्त्याउन सक्ने उनले उल्लेख गरेका छन् ।

परीक्षण गरिएका अधिकांश चकलेट बारहरूमा लेड, क्याडमियम वा दुवैको स्तरहरू समावेश थिए । पाँचवटामा दुवै धातुको तुलनात्मक रूपमा कम स्तर थियो ।

यसले कम्पनीहरूका यस्ता धातुहरूको कम मात्रामा प्रयोग गरेर पनि उत्पादनहरू बनाउन सम्भव छ भन्ने देखाएको र उपभोक्ताहरूले सुरक्षित उत्पादनहरू फेला पार्न सक्ने रिपोर्टमा सुझाव छ । चकलेटको लागि जोखिमहरू निर्धारण गर्न क्यालिफोर्नियाको मापदण्ड अपनाइएको थियो, जहाँ शुन्य दशमलव ५ माइक्रोग्राम लेड र ४ दशमलव १ माइक्रोग्राम क्याडमियमसम्मको प्रयोगका लागि अनुमति दिइएको छ ।

परीक्षणमा हर्शेको स्पेशल डार्क माइल्डली स्वीट चकलेटको एक औंसले क्यालिफोर्नियाले अनुमति दिएको भन्दा २६५ प्रतिशत बढी लेड समावेश गरेको छ भने ट्रेडर जोको डार्क चकलेट काकाओमा १९२ प्रतिशतभन्दा बढी छ।

रिपोर्ट अनुशार मस्ट अर्गानिक डार्क चकलेट, ताजा चकलेट अर्गानिक, घिरर्डेली इन्टेन्स डार्क चकलेट ट्वीलाइट डिलाइट, वलरोना अबिनाओ डार्क चकलेटहरु केही सुरक्षित छन् । जसमा क्यालिफोर्नियाको मापदण्डभन्दा कम धातुको मात्रा रहेको छ ।

रिपोर्टको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com