मेस्सीको दोश्रो गोलपछि अर्जेन्टिनाको ३ -२ को अग्रता


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

मेस्सीको दोश्रो गोलपछि फ्रान्सविरुद्ध अर्जेन्टिनाले ३ -२ को अग्रता कायम गरेको छ । अतिरिक्त समयमा मेस्सीले गरेको गोलले अर्जेन्टिनाले अग्रता कायम गरेको हो ।

३५ बर्षका सुपरस्टार लियोनेल मेस्सीको यसपटकको विश्वकपमा सबैभन्दा सातौं गोल हो । जुन फ्रान्सका केलियन एमबाप्पेको बराबर हो ।

यसपटकको विश्वकपमा मेस्सीले सातौं खेल खेलिरहेका छन् । आजको खेल विश्वकपका खेलहरुमा उनको २६ औं सहभागिता हो । अब उनले विश्व कप इतिहासमा लोथर माथाउसलाई उछिनेका छन् ।

३५ वर्षीय स्टार मेस्सीले खेल अघि यो उनको अन्तिम विश्वकप हुने बताइसकेका छन् । उनले विश्वकप बाहेक सबै प्रमुख क्लब र राष्ट्रिय टोलीको उपाधि जितेका छन्। उनी सन् २०१४ मा नजिक आएका थिए तर फाइनलमा जर्मनीसँग हारेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com